एक्सको सफाइ अभियान सुरु गर्दै छन् मस्क
क्यालिफोर्निया । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट एक्सका मालिक एलन मस्कका निर्णयहरू प्रायः हैरान पार्ने खालका हुन्छन् । हरेक पटक एक्समा उनले कम्पनीबारे कुनै घोषणा गर्दा केही न केही हलचल मच्चिन्छ । मस्कले हालै मात्रै एक्समा सफाइ अभियान चलाउने बताएका छन् । यो अभियानका कारण तपाईँको एक्स एकाउन्टमा फलोअर एक्कासि घट्न सक्नेछ ।
एक्सको आधिकारिक ह्यान्डलमा गरिएको पोस्टका अनुसार कम्पनीले नक्कली एकाउन्टहरू धमाधम डिलिट गर्दै छ । साइटलाई स्पाम प्रि बनाउने अभियान अन्तर्गत कम्पनीले यो अभियान चलाउन लागेको हो । ट्विटर किन्नु अघि देखि नै मस्कलाई यसमा भएको नक्कली र बोट एकाउन्टसँग समस्या थियो ।
कम्पनी किन्ने बेलामा यही विषयलाई लिएर उनले निकै बबाल गरेका थिए । ट्विटर मस्कको हातमा आएयता उनले बेला बेलामा यसबाट फेक अकाउन्ट हटाइरहेका थिए । अब भने यसलाई उनले अभियानकै रूपमा चलाउने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण