डोहेनीको शतकसँगै आयरल्यान्डले नेपाललाई दियो २८५ रनको लक्ष्य
काठमाडौँ । तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा आइतबार आयरल्यान्ड ‘ए’ ले नेपालको ‘ए’ टोलीलाई जितका लागि दुई सय ८५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको आयरल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ८४ रन बनाएको हो ।
आयरल्यान्डका लागि ओपनर ब्याट्सम्यान स्टिफन डोहेनीले उत्कृष्ट शतकीय पाली खेले । उनले टोलीका लागि एक सय सात रनको योगदान गरे । यस क्रममा उनले एक सय २९ बलको सामना गरी दुई छक्का र आठ चौका पनि हिर्काए ।
पिटर मुरले पनि टोलीको खातामा ४४ रन थपे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका पिटरले केवल २५ बलको सामना गरी पाँच छक्का र दुई चौका पनि हिर्काए । मोर्गन टपिङले २१ रन जोडे । गाभिन होए भने १४ रन बनाउँदै पेभेलियन फर्किए । फियोन ह्यान्डले टोलीको खातामा २० रन थपे ।
म्याथ्यू हमफ्रेयसले २३ रन जोडे । तल्लो क्रमका ब्याट्सम्यान बेन ह्वाइटले पनि अविजित १९ रन बनाए । आयरल्यान्डका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । आयरल्यान्डले अतिरिक्त रुपमा पनि १८ रन पाएको थियो । नेपाली टोलीका बलर रंजित कुमारले तीन विकेट लिए । रिजन ढकालले पनि तीन विकेट हात पारे । साहब आलम र विकास अग्रीले एक-एक विकेट लिए ।
तीन खेलको एकदिवसीय शृंखला भने यसअघि नै आयरल्यान्डले जितिसकेको छ । शृंखलाको पहिलो र दोस्रो खेलमा आयरल्यान्ड विजयी भएको थियो । त्यसअघि खेलिएको तीन खेलको टी–२० शृंखलामा पनि आयरल्यान्ड २–१ ले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण