नवनियुक्त १० जिल्ला न्यायाधीशहरूको पदस्थापन, को कहाँ ?
काठमाडौँ । नवनियुक्त १० जिल्ला न्यायाधीशहरूको पदस्थापन भएको छ । आइतबार न्यायपरिषद्ले १० जिल्ला न्यायधीशहरुको पदस्थापन गरेको हो ।
पदस्थापन हुने न्यायधीशहरुमा अर्जुप्रसाद कोइराला, नरेन्द्रबहादुर बुढा, जीवनकुमार भण्डारी, मुकुन्द आचार्य, विमला रेग्मी, पुष्पराज पाण्डे, शिवबहादुर थापा, महेन्द्र बहादुर कार्की, दिपक घिमिरे र फणेश्वरी घिमिरे रहेका छन् ।
कोइरालाको जिल्ला अदालत धनुषामा पदस्थापन भएको छ भने बुढा जिल्ला अदालत बारा, भण्डारी जिल्ला अदालत सर्लाही, आचार्य जिल्ला अदालत पर्सा, रेग्मी जिल्ला अदालत रौतहट, पाण्डे जिल्ला अदालत सिराहा र थापाको जिल्ला अदालत कपिलवस्तुमा पदस्थापन भएको छ । त्यस्तै दीपक घिमिरे र फणेश्वरी घिमिरेको बाँके र महोत्तरी जिल्ला अदालतमा पदस्थापन भएको छ । कार्कीको जिल्ला अदालत काठमाडौँमा पदस्थापन भएको छ ।
बिहीबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीशहरुलाई नियुक्तिका लागि सिफारिस गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण