अर्धवार्षिक समीक्षा गर्दा १० प्रतिशत बजेट र राजश्व घटाउनुपर्ने गरी बजेट ल्याउनु हुँदैन : पूर्वअर्थमन्त्री खतिवडा
काठमाडौँ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले अर्धवार्षिक समीक्षामा १० प्रतिशत बजेट र राजश्व घटाउनुपर्ने बजेट नल्याउन अर्थमन्त्री वर्षमान पुनलाई सुझाव दिएका छन् । आइतबार नेपाल व्यवस्थापन संघ (म्यान) ले आयोजना गरेको प्रि बजेट छलफल कार्यक्रममा बोल्दै डा.खतिवडाले यस्तो सुझाव दिएका हुन् ।
पूर्वअर्थमन्त्री खतिवडाले बजेटको साख जोगाउने गरी अनुमानयोग्य र विश्वसनीय अनुमान गरी बजेट ल्याउन आवश्यक रहेको बताए । उनले समष्टिगत आर्थिक परिसूचकलाई बढी अनुमान गरी त्यसको आधारमा बजेट नबनाउनु पर्नेमा जोड दिए । उनले यदि त्यो स्थिति आउँछ भने संसदमा पूरक बजेट पेस गरेर मात्रै लागू गर्नुपर्ने बताए । उनले संसद्ले पास गरेको विनियोजन ऐन, संसद्ले पास गरेको बजेटका आधारमा तय भएका राजश्वलाई ठुलो अनुपातमा घटाउँदै जाँदा कानुनको पद्धति,सरकार बजेटको सम्बन्ध र जनताको सामु बजेटको सार गिर्ने बताए ।
पूर्वअर्थमन्त्री खतिवडाले बजेटको सार र साँख नगिर्ने गरी यथार्थपरक बजेट निर्माण गर्नुपर्ने सुझाव दिए । उनले बजेट अनुमान गर्दा चालु वर्षको आधारलाई यर्थाथ परक बनाउन नसके गत वर्षकै जस्तो हुने बताए । उनले गत वर्ष राजश्वलाई बजेटको आधार बनाउँदा अहिले अर्थमन्त्रीलाई समस्या भएको बताए ।
पूर्वअर्थमन्त्री खतिवडाले बजेटको आधार बलियो बनाउन सकिन भने बजेट पनि ढल्नसक्ने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण