कर्णेल उरजिरसिंह थापा अन्तर्राष्ट्रिय बुद्धिचाल : तीन नेपाली खेलाडी अग्रस्थानमा
काठमाडौँ । कर्णेल उरजिरसिंह थापा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको दोस्रो दिन आइतबार सम्पन्न चौथौ चरणको खेलसम्ममा नेपालका सुदिप तामाङ, एफएम रुपेश जैसवाल र सीएम पुरुषोत्तम चौलागाईं संयुक्त रुपमा अग्रस्थानमा रहन सफल भएका छन् । उनीहरुले चार-चार खेलमा जीत हासिल गरेका छन् ।
नेपाली शीर्षस्थ खेलाडीहरुलाई पछ्याउँदै समान चार अंक हासिल गर्ने अन्य खेलाडीमा भारतका सुधिरकुमार सिन्हा, डब्लूएफएम बृष्टी मुखर्जी र रिसव निसाद छन् । बुटवल उपमहानगरपालिकाको पुरस्कार राशी सहयोगमा सञ्चालन भइरहेको मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा नेपालका सीएम सजिन महर्जन, भारतका दिव्याशंकुमार सिंह र भारतकै निलेश कुमार ३.५ अंकसहित संयुक्त रुपमा दोस्रो स्थानमा छन् ।
नेपालका प्रशान्त गौतम, तिर्थबहादुर बिके, कृष्णथापा, आशिष फुयाल, गोविन्द खड्का, बिनोद नाल्मी, बिक्रम वैश्य, सुनिलबहादुर कोइराला, भिमदत्त पाण्डे, लक्ष्मणकुमार सेठ, सुदेश श्रेष्ठ, रामबहादुर क्षेत्री, सुरज महर्जन, शिवमकुमार बिके, शिखर रेग्मी, चमन गहामगर, विकास बराल, अशोकमोहन श्रेष्ठ, विशनमान थैव, धिरेन राई र बिजनमान थैवले तीन-तीन अंक जोडेका छन् । उनीहरु संयुक्त रुपमा तेश्रो स्थानमा छन् ।
उच्च रेटेड बंगलादेशका खेलाडी एमडी जमालउद्दिन, अमेरिकी खेलाडी वेभर सिया, भारतका सुभंषी विपुल, प्रखर त्रिपाठी, हिमांशु हर्ष, दिलीप त्रिपाठी, आशुतोष कुमारलगायत ३३ जना खेलाडीले तीन-तीन अंक बनाएका छन् । उनीहरु पनि संयुक्त रुपमा तेश्रो स्थानमा छन् ।
रेटिङ समूह दुई हजार मूनिको अन्तर्राष्ट्रिय मेयर कप चेस खेलमा नेपाललगायत अमेरिका, भारत र बंगलादेशका कूल एक सय ५० जना खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा पहिलो हुने खेलाडीले नगद दुई लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यसैगरी दोस्रो हुने खेलाडीले एक लाख १० हजार, तेस्रो हुनेले ६० हजार, चौथो हुनेले ४० हजार र पाँचौँ स्थान हासिल गर्ने खेलाडीले ३० हजार रुपैयाँ नगद पुरस्कार हात पार्ने जानकारी नेपाल बुद्धिचाल संघका केन्द्रीय सदस्य राजु ताम्राकारले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण