धितोपत्र बोर्डको अध्यक्षका लागि ५ जनाको नाम सर्ट लिस्टमा, को–को परे छनोटमा ?
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षका लागि ५ जनाको नाम सर्ट लिस्टमा छानिएको छ । अर्थ मन्त्रालयका अनुसार अन्तिम ५ मा पर्नेहरूमा धितोपत्र बोर्डकै कार्यकारी निर्देशक डा.नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठसहित नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, तत्कालीन बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ र सन्तोषनारायण श्रेष्ठ रहेका छन्।
गत माघमा अध्यक्ष रमेशकुमार हमाल बोर्डबाट बाहिरिएसँगै करिब २ महिनादेखि बोर्ड नेतृत्व विहीन अवस्था छ । बोर्डको रिक्त अध्यक्षको पद पूर्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठको नेतृत्वमा अर्थसचिव र विज्ञ सदस्यसहित तीन सदस्यीय सिफारिस समिति बनाइएको छ । समितिले फागुन १६ गते अध्यक्षका लागि आवेदन माग गरेको थियो ।
२०८० फागुनदेखि फागुन ३० गतेसम्म आवेदन माग गरिएको १९ जनाले आवेदन हालेका थिए ।अध्यक्षका लागि चिरञ्जीवी चापागाईं, धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय डा.नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ, कृष्ण पोखरेल, नेपाल बैंकका पूर्व सीईओ कृष्णबहादुर अधिकारी, नेप्सेका सीईओ कृष्ण बहादुर कार्की, नेप्सेकी कर्मचारी प्रवीण पन्दाक, सन्तोषनारायण श्रेष्ठ, डा.गोपालप्रसाद भट्ट, निरज गिरि, डा.रघुराज काफ्ले, डा.केशवप्रसाद श्रेष्ठ, सुर्यप्रसाद अधिकारी, रामदेव यादव, सीताराम थपलिया, डा विमलकुमार तिवारी, रामकृष्ण खतिवडा, खगेन्द्र कटुवाल, मुक्ति अर्यालले आवेदन दिएका थिए।
उक्त आवेदनहरूमध्येबाट सिफारिस समितिले आइतबार ५ जनाको नाम अन्तरवार्ताका लागि छनोट गरेको हो । यसबाट थप दुई जना हटाएर समितिले अन्तिम तीन जनाको नाम मन्त्रिपरिषदमा पठाउने छ । अन्तिम तीनजनाबाटै मन्त्रिपरिषदले एक जना बोर्डको अध्यक्ष नियुक्ति गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण