गण्डकीमा शपथपछि मुख्यमन्त्री र पूर्वमुख्यमन्त्री एउटै जहाजबाट काठमाडौँमा
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीका रूपमा शपथ लिएपछि एमाले नेता खगराज अधिकारी र निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे काठमाडौँ हिँडेका छन् । दुवै जना एउटै जहाजबाट आइतबार साँझको फ्लाइटबाट काठमाडौँ गएका हुन् ।
अधिकारी प्रदेशको रिपोर्टिङ गर्ने भन्दै काठमाडौँ हानिएका छन् । काठमाडौँमा सरकार गठनको अहिलेको अवस्था, आगामी राजनीतिक कार्यदिशा, सरकारलाई पूर्णता दिने लगायत विषयमा छलफल गर्ने कार्यक्रम छ ।
यस्तै, निवर्तमान मुख्यमन्त्री पाण्डेले पार्टीका शीर्ष नेताहरूसँग सल्लाह लिने र गण्डकीको सरकार गठनका विरुद्ध सर्वोच्च अदालतमा उजुरी दिने योजना बनाएका छन् । उनले सरकारका लागि दाबी पेस गर्ने बित्तिकै प्रदेश प्रमुखलाई भेटेर असंवैधानिक कदम नचाल्न सुझाएका थिए । तर प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई नियुक्ति दिएका थिए ।
पाण्डेले सर्वोच्चमा मुद्दा दर्ता गर्न कानुनका विज्ञहरूसँग सुझाव लिइरहेका छन् । आज घोडेजात्रा भएकोले मंगलबार मुद्दा दर्ता गर्ने उनको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण