गण्डकीमा शपथपछि मुख्यमन्त्री र पूर्वमुख्यमन्त्री एउटै जहाजबाट काठमाडौँमा

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीका रूपमा शपथ लिएपछि एमाले नेता खगराज अधिकारी र निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे काठमाडौँ हिँडेका छन् । दुवै जना एउटै जहाजबाट आइतबार साँझको फ्लाइटबाट काठमाडौँ गएका हुन् ।
अधिकारी प्रदेशको रिपोर्टिङ गर्ने भन्दै काठमाडौँ हानिएका छन् । काठमाडौँमा सरकार गठनको अहिलेको अवस्था, आगामी राजनीतिक कार्यदिशा, सरकारलाई पूर्णता दिने लगायत विषयमा छलफल गर्ने कार्यक्रम छ ।
यस्तै, निवर्तमान मुख्यमन्त्री पाण्डेले पार्टीका शीर्ष नेताहरूसँग सल्लाह लिने र गण्डकीको सरकार गठनका विरुद्ध सर्वोच्च अदालतमा उजुरी दिने योजना बनाएका छन् । उनले सरकारका लागि दाबी पेस गर्ने बित्तिकै प्रदेश प्रमुखलाई भेटेर असंवैधानिक कदम नचाल्न सुझाएका थिए । तर प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई नियुक्ति दिएका थिए ।
पाण्डेले सर्वोच्चमा मुद्दा दर्ता गर्न कानुनका विज्ञहरूसँग सुझाव लिइरहेका छन् । आज घोडेजात्रा भएकोले मंगलबार मुद्दा दर्ता गर्ने उनको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीले आचरण विपरीत सार्वजनिक गर्यो दिलभूषण पाठकको पक्राउ पुर्जीको सूचना
-
फर्पिङबाट लागुऔषध सहित दुई जना पक्राउ
-
कैलाली जिल्ला कारागारमा कैदीबन्दीको मृत्यु
-
मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : ऊर्जामन्त्री
-
सिरहामा लागूऔषधसहित तीन जना पक्राउ
-
गण्डकीमा चरम निराशा : ७५ प्रतिशत जनतालाई अहिलेको गठबन्धनप्रति भरोसा छैन