पेरिसको अपार्टमेन्टमा विस्फोटपछि भीषण आगलागी, ३ जनाको मृत्यु
पेरिस । फ्रान्सको राजधानी पेरिसमा एक आठ तले अपार्टमेन्ट भवनमा विस्फोटपछि भएको आगलागीमा परेर कम्तीमा तीन जनाको मृत्यु भएको छ । आइतबार साँझ यो विस्फोट भएको हो । तर, विस्फोटको कारण भने खुल्न सकेको छैन ।
यो भवन पेरिसको एरोन्डिसमेन्टमा थियो । प्रारम्भिक जाँचका अनुसार रु डे क्यारोनको सातौँ तल्लामा आगलागी हुनुअघि विस्फोट भएको थियो । भवनमा ग्यास नभएकाले विस्फोट कसरी भयो भन्ने कुरा छिमेकीहरूले बुझ्न नसकेको एरोन्डिसमेन्टका डेपुटी मेयर लुक लेबोनले बताए ।
यो मामिलाको छानबिन आगलागी वा क्षति र हत्याको कोणबाट पनि भइरहेको बताइएको छ । विस्फोटको कारण पत्ता लगाउन राजधानीको दोस्रो न्यायिक प्रहरी जिल्लाका अनुसन्धानकर्तालाई खटाइएको छ । विस्फोटपछि नजिकैका भवनहरूमा बस्ने मानिसहरूलाई घरबाट बाहिर निकालिएको थियो । अहिले यस विषयमा अनुसन्धान भइरहेको छ ।
फ्रान्सको राजधानीमा पछिल्लो केही वर्षमा तेस्रो पटक यस्तो खालको विस्फोट भएको हो । यसअघि सन् २०१९ मा पनि रु डे ट्राभिसमा यस्तै विस्फोट भएको थियो जसमा चार जनाको मृत्यु भएको थियो । गत वर्ष जुनमा पनि २७७ रु सेन्ट ज्याकमा विस्फोट भएको थियो जसमा तीन जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण