मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचालमा रुपेश जैसवाल अगाडि
काठमाडौँ । बुटवल उपमहानगरपालिकाको बेलबास–१६ मा सञ्चालन भइरहेको मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा अमेरिका, भारत र बंगलादेशका खेलाडीहरुलाई पछि पार्दै नेपालका एफएम रुपेश जैसवालले एकल अग्रता कायम गरेका छन् ।
सोमबार सात चरणको खेल सकिँदासम्म रुपेशले स्थानीय चार खेलाडीसहित पूर्व नेपाल च्याम्पियन सीएम पुरुषोत्तम चौलागाईं र भारतका रिशव निशादलाई पराजित गरेका छन् । उनले भारतका सुदिरकुमार सिन्हासँग भने बराबरी खेलेका थिए ।
रुपेशले हालसम्म ६.५ अंक जोड्न सफल भएका छन् । रुपेश १९६९ रेटिङबाट खेल प्रारम्भ गरि सात चरणको खेलमा ३० रेटिङ वृद्धि गर्न सफल भएका छन् । कर्णेल उजीरसिंह स्मृति चेस प्रतियोगितामा नेपालका सीएम सजिन महर्जन पाँच खेलमा विजयी र दुई खेल बराबरी खेल्दै ६ अंकसहित दोश्रो स्थानमा छन् ।
महर्जनले अमेरिकाका वेभर सिया, भारतका निलेश कुमार, भारतकै विनायक यादब, नेपालका भवेष डंगोरिया र गोविन्द खड्कामाथि विजय प्राप्त गरे । उनले उदियमान खेलाडी सुदिप तामाङ र भमरतका दिव्यांशुसँग भने बराबरी खेलेका थिए ।
बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भइरहेको मेयर कपमा विदेशी खेलाडी सुधिरकुमार सिन्हा र रिशव निसाद पनि ६र६ अंक बनाउदै सजिनसँगै संयुक्त रुपमा दोश्रो स्थानमा उभिएका छन् ।
भारतका सुधिरकुमार सिन्हाले पाँच जित र दुई बराबरी खेलेका छन् भने भारतकै रिशव निसादले एक खेलमा पराजित भई ६ खेलमा जित निकालेका छन् । प्रतियोगिताका उच्च रेटेड बंगलादेशका खेलाडी सीएम एमडी जमालउद्दिन ५.५ अंक जोडेर नेपाली र भारतीय ६ जना खेलाडीसँगै संयुक्त रुपमा तेश्रो स्थानमा छन् । जमालसँगै ५.५ अंक जोड्ने खेलाडीमा भारतका विपुल सुभासी, नेपालका सीएम कृष्ण थापा, सुरज महर्जन, युवा पुरुषोत्तम सिलवाल र सुदिप तामाङ रहेका छन् ।
भारतीय महिला खेलाडी डब्लूएफएम बृष्टि मुखर्जीले पाँच खेलमा जित र दुई खेलमा हार आत्मसात गर्दै पाँच अंक बनाएकी छन् । उनी महिला खेलाडीमध्ये सबैभन्दा अगाडि रहन सफल भएकी छन् । उनीसँगै अन्य २० जना खेलाडीले पाँच-पाँच अंक बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण