एपीएफ क्लब जीतपुर सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश
सिमरा । विभागीय टिम नेपाल एपीएफ क्लब सिमरामा जारी १४ औं जगदम्बा जीतपुर सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आठौँ विराट गोल्डकपमा मोरङसँग पराजित हुँदै बाहिरिएको एपीएफले जीतपुरसिमरा गोल्डकपमा सुखद् सुरुवात गर्ने क्रममा मकवानपुरलाई २–० ले पराजित गरेको हो ।
एपीएफको जितमा बिके तामाङ र प्रदीप लामाले समान एक–एक गोल गरे । खेलको ३० औं मिनेटमा बिके तामाङको गोलबाट खेलमा अग्रता लिएपनि जितका लागि एपीएफले अन्तिम समयसम्म संघर्ष गर्नुपर्यो ।
बलियो चुनौती पस्किएको मकवानपुरविरुद्ध बिकेले विश्वास उदासको क्रस बललाई सदुपयोग गरे । विश्वासको ब्याक पासलाई बिकेले सानदार फिनिसिङ दिए । विपक्षी डिफेन्सको कमजोरीको फाइदा उठाउँदै बिकेले गोल गरेका थिए ।
प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा मकवानपुरविरुद्ध उस्तै लयमा उत्रिएको एपीएफले ६८ औं मिनेटमा गोलअन्तर दोब्बर पार्यो । सुमन श्रेष्ठले प्रहार गरेको कर्नर बलमा प्रदीपले गोल गरेका थिए ।
बलियो एपीएफविरुद्ध राम्रो प्रदर्शन गरेपनि केही अवसर चुकाउन पुग्दा मकवानपुरको यात्रा पहिलो खेलमै टुंगिन पुग्यो । खेलको ‘शुभारम्भ प्लेयर अफ दि म्याच’ एपीएफका गोलरक्षक एन्जल श्रेष्ठ घोषित भए । उनले १० हजार नगद हात पारे । उनलाई आन्तरिक राजश्व कार्यालय सिमराका प्रमुख कर अधिकृत राजकुमार खतिवडा र शुभारम्भ कलेजका अध्यक्ष लालप्रसाद पुडासैनीले पुरस्कृत गरेका थिए ।
प्रतियोगिता अन्तर्गत मंगलबार अर्को विभागिय टिम त्रिभुवन आर्मीले मछिन्द्र फूटबल क्लबसँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ । मच्छिन्द्र आठौँ विराट गोल्डकपको विजेता हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
-
दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
-
इजिप्टले लियो सुरुवाती अग्रता
-
१२ बजे १२ समाचार : निगमका कर्मचारीको ओभरटाइम भत्ता काटियो, सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्न निर्देशन
-
राहदानी सेवा असार २५ र २६ गते दुई दिनसम्म बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण