फोटो र भिडियो शेयर गर्न झनै सजिलो बनाउँदै ह्वाट्सएप
वाशिङ्टन डीसी । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी मेटाको स्वामित्व रहेको इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएपमा नयाँ फिचर आउँदै छ । ह्वाट्सएपले ल्याउन लागेको यो फिचरलाई लाइब्रेरी बताइएको छ । यसको आगमनपछि ह्वाट्सएपमा कुनै पनि मिडिया फाइल शेयर गर्न सजिलो हुने बताइएको छ ।
एपमा नयाँ अपडेटपछि अट्याच फाइलको बटनमा क्लिक गरेर होल्ड गरेपछि सिधै लाइब्रेरीमा पुग्न सकिनेछ । यहाँबाट युजरले आफूले चाहेको कुनै पनि फाइल छानेर गरेर पठाउन सक्नेछन् । ह्वाट्सएपको यो नयाँ फिचरको जानकारी एपलाई ट्र्याक गर्ने डल्ब्यूएबेटाइन्फोले दिएको हो । रिपोर्टका अनुसार अहिलेसम्म अचाटमेट बटनमा क्लिक गर्नुपर्थ्यो ।
तर अब चाहिँ लामो समय बटनलाई थिचेर सिधै फोटो लाइब्रेरीमा जान सकिनेछ । फोटो–भिडियो पठाउँदा समयको बचत हुनेछ । नयाँ फिचर हाल बिटा प्रयोगकर्ताको लागि उपलब्ध छ । यसलाई चाँडै सबै युजरका लागि जारी गरिने बताइएको छ । एउटा नयाँ रिपोर्टमा भने व्हाट्सएपले स्टेटस नोटिफिकेशनमा काम गरिरहेको बताइएको थियो । यो अपडेट जारी भएपछि ह्वाट्सएपमा पनि फेसबुक र इन्स्टाग्राममा जस्तै स्ट्याटसमा अरूलाई ट्याग गर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण