त्रिवेणी स्पिनिङ्ग मिल्समा आगलागी
बारा । बारा–पर्सा औद्योगिक करिडोरको छातापिपरास्थित धागो उत्पादन गर्ने उद्योग त्रिवेणी स्पिनिङ्ग मिल्स प्रा.लिमा आगलागी भएको छ ।
सोमवार साँझ लागेको आगोले २५ सय केभीको ट्रान्सफर्मरमा पुर्ण रुपमा जलेर क्षति पुगेको उद्योगको प्रशासकीय अधिकृत राजेश श्रेष्ठले बताए ।
ट्रान्सफर्मरमा भएको आगलागीबाट करिव एक करोडको क्षति भएको दाबी गरेपनि त्यसको वास्तविक विवरण भने आएको छैन ।
सो घटनामा जीतपुरसिमरा, कलैया उपमहानगर र वीरगन्ज महानगरको २ वटा गरी ४ वटा वारुण यन्त्र र उद्योगमा कार्यरत मजदुरहरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
यता उद्योगका इलेकट्रिकल इन्जिनियर आलोक कुमार सिंहले ट्रान्सफर्मरमा अचानक सानो आवाज आई केही समयमै आगो चारैतिर फैलिएको बताए ।
उनले ट्रान्सफर्मरको बाहिरी भागमा कुनै खराबी नदेखिएका कारण भित्रै तार सर्ट भई आगलागी भएको हुन सक्ने आशङ्का व्यक्त गरे ।
आगलागी पश्चात् उद्योगमा विद्युत् अवरोध हुँदा सम्पूर्ण काम ठप्प भई ३/४ मजदुरको काम प्रभावित भएको छ उद्योग प्रशासनले जनाएको छ ।
त्रिवेणी स्पिनिङ्ग मिल्समा करिब १ हजार ५ सय मजदुर कार्यरत रहेका छन् भने ४ वटा युनिटहरू रहेका छन् । इलाका प्रहरी कार्यालय सिमराका प्रमुख चिरञ्जीवी दहालले त्रिवेणी स्पिनिङ्ग मिल्स प्रा.लिमा ट्रान्सफर्मर जलेर आगलागी भएको बताए । ईप्रका सिमराका प्रमुख दहालले उद्योगमा भएको आगलागीबाट धेरै नोक्सान नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण