नेपाली फिल्म क्षेत्रको नामबारे बोर्डले थाल्यो छलफल
काठमाडौँ । नेपाली फिल्म क्षेत्रलाई ‘कलिउड’ भन्दै आइएको छ । तर चलचित्र विकास बोर्डले नेपाली फिल्म क्षेत्रको उपयुक्त नाम के राख्ने भन्ने विषयमा छलफल थालेको छ ।
मंगलबार चलचित्र क्षेत्रसँग आबद्ध विभिन्न संघसंस्थाका प्रतिनिधि र फिल्मकर्मीलाई बोलाएर बोर्डले यस विषयमा छलफल थालेको बोर्डका प्रवक्ता केएल बुढाथोकीले जानकारी दिए ।
बोर्डले नेपाली फिल्मको स्थापना दिवस कहिले मान्ने भन्ने विषयमा पनि छलफल थालेको हो । छलफलमा चलचित्रकर्मीले विभिन्न सुझाव दिएका छन् ।
चलचित्र विकास बोर्डले केही वर्ष अगाडिबाट फिल्म क्षेत्रको स्थापना दिवस असोज १ गतेलाई मान्दै आएको छ । तर, यो दिवस पनि बोर्डले गतिलोसँग आयोजना गर्न सकेको छैन ।
कार्यक्रममा नेपाली फिल्म क्षेत्रलाई ‘कलिउड’ भन्न नमिल्ने धेरै चलचित्रकर्मीले सुझाव दिए । कलिउड दक्षिण भारतीय फिल्मलाई भन्ने गरिएको कारण त्यसो भन्न नमिल्ने उनीहरूको तर्क थियो ।
कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, अभिनेत्री भुवन चन्द, बोर्डका पूर्व अध्यक्ष दयाराम दाहाल, अभिनेत्री भुवन चन्द लगायतको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण