राप्रपा फकाउँदै कांग्रेस, पक्राउ परेकालाई छोड्न माग
पोखरा । सत्ता राजनीतिमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को साथ लिन नेपाली कांग्रेसले नयाँ बाटो अपनाएको छ ।
राप्रपाले काठमाडौँमा आन्दोलन गरिरहेको छ । आन्दोलनका क्रममा मंगलबार प्रहरीले ज्ञानेन्द्र शाहीसहितलाई पक्राउ गरेको थियो ।
कांग्रेस गण्डकी प्रदेशको संसदीय दलले उक्त प्रदर्शनमा बल प्रयोग गर्नु दुखद भएको बताएको छ ।
‘राप्रपाले आज काठमाडौँमा गरेको शान्तिपूर्ण जनप्रदर्शनमा राज्यको तर्फबाट बल प्रयोग हुनु दुःखद विषय हो,’ दलका नेता सुरेन्द्रराज पाण्डेले भनेका छन्, ‘प्रदर्शनमा सहभागीहरूलाई लाठी चार्ज गर्ने, पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरी गम्भीर घाइते बनाइएको, केही सहभागीलाई पक्राउ गरिएको प्रति नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ ।’
पाण्डेले विज्ञप्ति नै जारी गरेर घटनाको निन्दा गरे । ‘घटनाको निन्दा गर्दै घाइतेहरूको उपचार गर्न र पक्राउ गरिएकाहरूको बिनासर्त तुरुन्त रिहाइको मागसहित घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण