राप्रपा फकाउँदै कांग्रेस, पक्राउ परेकालाई छोड्न माग

पोखरा । सत्ता राजनीतिमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को साथ लिन नेपाली कांग्रेसले नयाँ बाटो अपनाएको छ ।
राप्रपाले काठमाडौँमा आन्दोलन गरिरहेको छ । आन्दोलनका क्रममा मंगलबार प्रहरीले ज्ञानेन्द्र शाहीसहितलाई पक्राउ गरेको थियो ।
कांग्रेस गण्डकी प्रदेशको संसदीय दलले उक्त प्रदर्शनमा बल प्रयोग गर्नु दुखद भएको बताएको छ ।
‘राप्रपाले आज काठमाडौँमा गरेको शान्तिपूर्ण जनप्रदर्शनमा राज्यको तर्फबाट बल प्रयोग हुनु दुःखद विषय हो,’ दलका नेता सुरेन्द्रराज पाण्डेले भनेका छन्, ‘प्रदर्शनमा सहभागीहरूलाई लाठी चार्ज गर्ने, पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरी गम्भीर घाइते बनाइएको, केही सहभागीलाई पक्राउ गरिएको प्रति नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ ।’
पाण्डेले विज्ञप्ति नै जारी गरेर घटनाको निन्दा गरे । ‘घटनाको निन्दा गर्दै घाइतेहरूको उपचार गर्न र पक्राउ गरिएकाहरूको बिनासर्त तुरुन्त रिहाइको मागसहित घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार