बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

माल्दिभ्स र मलेसिया पठाइदिन्छु भन्दै लाखौँ ठगी

मङ्गलबार, २७ चैत २०८०, १९ : ५७
मङ्गलबार, २७ चैत २०८०

काठमाडौँ । वैदेशिक रोजगारीको लागि माल्दिभ्स र मलेसिया  पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा बडहरी नगरपालिका-२ बस्ने ३९ वर्षीय मोहनप्रसाद तिमल्सिना रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार तिमल्सिनाले श्याम लामा समेत ५ जनालाई वैदेशिक रोजगारीमा माल्दिभ्स र मलेसियामा होटलहरुमा काम लगाइदिन्छु भन्दै पीडितहरुबाट पटकपटक गरी २० लाख रुपैयाँ रकम लिएका थिए । तर सो रकम लिएपछि उनी सम्पर्कविहीन बरेका थिए ।

कार्यालयबाट खटिएको प्रहरी टोलीले तिमल्सिनालाई चैत २६ गते उदयपुरको उदयपुरगढी गाउँपालिका-७ तेलतेलेबाट पक्राउ गरेको उपरीक्षक रेग्मीको भनाई छ । उनलाई  थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप