माल्दिभ्स र मलेसिया पठाइदिन्छु भन्दै लाखौँ ठगी
मङ्गलबार, २७ चैत २०८०, १९ : ५७
काठमाडौँ । वैदेशिक रोजगारीको लागि माल्दिभ्स र मलेसिया पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा बडहरी नगरपालिका-२ बस्ने ३९ वर्षीय मोहनप्रसाद तिमल्सिना रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार तिमल्सिनाले श्याम लामा समेत ५ जनालाई वैदेशिक रोजगारीमा माल्दिभ्स र मलेसियामा होटलहरुमा काम लगाइदिन्छु भन्दै पीडितहरुबाट पटकपटक गरी २० लाख रुपैयाँ रकम लिएका थिए । तर सो रकम लिएपछि उनी सम्पर्कविहीन बरेका थिए ।
कार्यालयबाट खटिएको प्रहरी टोलीले तिमल्सिनालाई चैत २६ गते उदयपुरको उदयपुरगढी गाउँपालिका-७ तेलतेलेबाट पक्राउ गरेको उपरीक्षक रेग्मीको भनाई छ । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण