२८ वर्षदेखि भन्सालीको फोन पर्खेर बसेकी मनीषा

मुम्बई । बलिउड निर्देशक सञ्जय लीला भन्सालीको प्रतिक्षित सिरिज ‘हीरामण्डीः द डायमण्ड बाजार’को ट्रेलर रिलिज भइसकेको छ । शाही महलदेखि सुरु भएर क्रान्तिसम्मको कथा बोल्ने ‘हीरामण्डीः द डायमण्ड बाजार’मा अभिनेत्री मनीषा कोइरालाको अभिनय पनि उत्कृष्ट छ ।
९० दशककी लोकप्रिय अभिनेत्रीमध्ये एक मनीषाले निर्देशक भन्सालीसँग २८ वर्षपछि पुनः सहकार्य गरेकी हुन् । उनले सन् १९९६ मा रिलिज भन्सालीको म्यूजिकल फिल्म ‘खामोशी द म्यूजिकल’मा अभिनय गरेकी थिइन् । यो फिल्म भन्सालीको डेब्यू फिल्म थियो । फिल्म फ्लप भयो तर भन्सालीको कामको सबैले सराहना गरेका थिए ।
‘हीरामण्डीः द डायमण्ड बाजार’को ट्रेलर रिलिजमा मनीषाले झन्डै तीन दशकपछि दिग्गज निर्देशकसँग काम गर्न पाउँदाको खुसी साटिन् । ‘मैले २८ वर्षसम्म सञ्जयको फोन पर्खिएँ र यो नै खुसीको कुरा हो । यस्ता प्रतिभावानसँग काम गर्न पाउनु सम्मानको कुरा हो । निकै धेरै मेहनत, प्रेम र मायाले हामीले ‘हीरामण्डी’ बनाएका छौँ । आशा गर्छौ कि तपाईँ सबैलाई यो मन पर्छ । हामीले पहिलोपटक यसलाई हेरेका छौँ’, मनीषाले भनेकी छन् ।
भन्साली र नेटफ्लिक्सले ‘हीरामण्डी’को ट्रेलर सार्वजनिक गरेका छन् । प्रेम, त्याग र स्वतन्त्रताको द्वन्द्व देखाउने ‘हीरामण्डी’मा सबै कलाकार देखिएका छन् । सिरिजमा मनीषाका अलावा सोनाक्षी सिन्हा, अदिति राव हैदरी, सन्जीदा शेख, ऋचा चढ्ढा, शर्मिन सहगल, शेखर सुमन, ताहा शाह र अध्ययन सुमन प्रमुख भूमिकामा छन् । सिरिज मे १ मा नेटफ्लिक्समा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिसमक्ष ५ देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
बागमती प्रदेशसभाबाट २ वटा विधेयक पारित
-
यी पाँच जनाले खानै हुन्न खरबुजा
-
रूस र युक्रेनबिच इस्तानबुलमा शान्ति वार्ता हुने
-
प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताबिच छलफल
-
कोशी प्रदेशमा १४ वटा जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गरिने