भवनमा आगलागी हुँदा हङकङमा पाँच जनाको मृत्यु, दर्जनौँ घाइते
बुधबार, २८ चैत २०८०, १२ : २३
हङकङ । हङकङमा मानिसको बसोबास ज्यादै भएको एक बहुतले आवासीय भवनमा आगलागी भएको छ । बुधबार कोलूल जिल्लाको व्यस्त क्षेत्रमा रहेको १६ तले भवनमा आगो लाग्दा ५ जनाको मृत्यु भएको छ । यस घटनामा अन्य ३५ जना घाइते भएको त्यहाँको अस्पताल प्राधिकरण र अग्नि सेवा विभागले बताएको हो ।
भवनभित्रका मानिसहरू तौलिया हल्लाउँदै उद्धारका लागि याचना गरिरहेको देखिएका थिए । भवनमा रहेको एउटा जिमबाट आगलागी शुरु भएको बताइएको छ । भवनबाट करिब १५० जनालाई सुरक्षित निकालिएको नगर सरकारले भनेको छ ।
४० जनालाई भने अस्पताल पठाइएको थियो । बिहान ८ः५४ बजेसम्म आगो नियन्त्रण गरेको बताइएको छ । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण