शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसले राजनीतिक पूर्वाग्रहले गृहमन्त्रीमाथि आरोप लगायो : मन्त्री शर्मा

बुधबार, २८ चैत २०८०, १५ : ०७
बुधबार, २८ चैत २०८०

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कांग्रेसले राजनीतिक पूर्वाग्रहका दृष्टिकोणले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध आरोप लगाइरहेको बताएकी छन् । बुधवार प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री शर्माले ठाडो निवेदन दिएकै भरमा उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि छानबिन समिति बन्न नसक्ने बताएकी हुन् । 

उनले कांग्रेसले सुरुवाती दिनमा गृहमन्त्रीको राजीनामा र दोषी नै हो भन्ने ढङ्गले प्रस्तुत भएको तर अहिले संसदीय समिति बनाउने कुरामा अड्किएको बताइन् । उनले समग्र सहकारीको समस्याको छानबिन गर्न र समस्या समाधान गर्ने कुरामा सरकार सकारात्मक रहेको बताइन् ।

उनले भनिन्, ‘सुरुवातमा नेपाली कांग्रेसको गृहमन्त्रीको राजीनामा र दोषी नै हो भन्ने ढङ्गले प्रस्तुत भयो, त्यो होइन, त्यसरी गर्नु हुँदैन । यसलाई राजनीतिक पूर्वाग्रहका दृष्टिकोणले आरोप लगाइनु हुँदैन भन्ने कुरा नै हो । एकातिर प्रधानमन्त्रीको प्रस्ताव गर्न गएको भन्ने कुरा र अर्कोतिर गृहमन्त्री हुँदा छानबिन गर्नुपर्छ भन्ने कुरामा यस्तो खालको राजनीति हुँदैन । यस्तो राजनीति गर्नु हुँदैन भन्ने नै हो सरकारको कुरा ।’

मन्त्री शर्माले प्रेस काउन्सिलको ठाउँमा मिडिया काउन्सिल बनाउने गरी सरकार अघि बढिरहेको पनि बताइन् । उनले अनलाइन मिडिया आइसके, न्यु मिडियाहरू आइसकेको अवस्थामा सबैलाई प्रोत्साहित गर्नका लागि पनि मिडिया काउन्सिलको आवश्यकता भएको बताइन् । 

उनले भनिन्, ‘उनीहरूलाई नियमन पनि गर्नुपर्छ भन्ने ढङ्गले हामी अघि बढेको छौँ । सामाजिक सञ्जाललाई व्यवस्थित गर्न आवश्यक छ । हाम्रो आम सञ्चारको क्षेत्र पुनः संरक्षित हुन्छ । अहिले हामी बजेटको पूर्वसन्ध्यामा भएको हुनाले मन्त्रालयमा छलफल गरिरहेका छौँ । मोफसलमा पत्रकारिता गर्ने कुरा धेरै नै चुनौतीपूर्ण छ । धेरै नै अप्ठ्यारो छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप