बुद्धिचाल महासंघको साधारणसभा बिहीबारदेखि
काठमाडौँ । नेपाल बुद्धिचाल महासंघको विषेश साधारणसभा ललितपुरको च्यासलस्थित तुल्सीलाल अमान्य प्रतिष्ठानमा चैत २९ र ३० गते हुने भएको छ । साधारणसभामा सातवटै प्रदेश र ५५ जिल्लाका गरि कुल एक सय १८ जना प्रतिनिधिको सहभागीता रहने छ ।
साधारणसभामा महासचिवको प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदनमाथि छलफल हुनेछ भने रिक्त रहेको अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षको पदपूर्ति निवार्चन प्रक्रियाबाट गरिने छ । साधारणसभा सम्पन्न गर्न उपाध्यक्ष धनबहादुर बोगटीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको महासंघले जनाएको छ ।
राजु ताम्राकारको संयोजकत्वमा आवास व्यवस्थापन उपसमिति गठन गरिएको छ । उपमहासचिव मोनालिसा खम्वुको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, निरन्जन प्रजापतिको संयोजकत्वमा मसलन्द उपसमिति, रमिला पोखरेलको संयोजकत्वमा मञ्च तथा हल व्यवस्थापन उपसमितिमा र दिपेन राईको संयोजकत्वमा स्वयमसेवक उपसमिति गठन गरिएको छ ।
महासंघको रिक्त रहेको अध्यक्ष पदमा कार्यवाहक अध्यक्ष ललितपुरका हेराकाजी महर्जन, वरिष्ठ उपाध्यक्ष पदमा इलामका दिपेन राई र उपाध्यक्ष पदमा बाराका राजाबाबु रौनियारले उम्मेदवारी दिने सम्भावना रहेको स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण