बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा विभिन्न मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ

बुधबार, २८ चैत २०८०, २१ : ३६
बुधबार, २८ चैत २०८०

बुटवल । रुपन्देहीमा विभिन्न मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ परेका छन् । 

रुपन्देही जिल्ला अदालतले विभिन्न मितिमा कैद तथा जरिवाना तोकिएका ३ जना फरार प्रतिवादीलाई  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय  रुपन्देहीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी नायव उपरीक्षक ९डिएसपी० लक्ष्मी खनालका अनुसार  २०६७ पुस २८ गतेको फैसलाले लागुऔषध मुद्दामा १ महिना १५ दिन कैद र २ हजार जरिवाना भएका सिद्धार्थनगर नगरपालिका–११ बहादुर शाही पक्राउ परेका छन् । 

यस्तै २०६९ कार्तिक १७ को फैसलाले जुवा तास मुद्दामा २ सय जरिवाना फैसला भएका बुटवल उपमहानगरपालिका–७ का पवन कुँवर र २०६६ असार १५ को फैसलाले जालसाजी मुद्दामा १ सय जरिवाना फैसला भएका सिद्धार्थनगर–१ बस्ने हिमा थापालाई पक्राउ गरिएको डिएसपी खनालले जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप