रुपन्देहीमा विभिन्न मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ
बुधबार, २८ चैत २०८०, २१ : ३६
बुटवल । रुपन्देहीमा विभिन्न मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
रुपन्देही जिल्ला अदालतले विभिन्न मितिमा कैद तथा जरिवाना तोकिएका ३ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी नायव उपरीक्षक ९डिएसपी० लक्ष्मी खनालका अनुसार २०६७ पुस २८ गतेको फैसलाले लागुऔषध मुद्दामा १ महिना १५ दिन कैद र २ हजार जरिवाना भएका सिद्धार्थनगर नगरपालिका–११ बहादुर शाही पक्राउ परेका छन् ।
यस्तै २०६९ कार्तिक १७ को फैसलाले जुवा तास मुद्दामा २ सय जरिवाना फैसला भएका बुटवल उपमहानगरपालिका–७ का पवन कुँवर र २०६६ असार १५ को फैसलाले जालसाजी मुद्दामा १ सय जरिवाना फैसला भएका सिद्धार्थनगर–१ बस्ने हिमा थापालाई पक्राउ गरिएको डिएसपी खनालले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण