आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सांगीतिक कार्यक्रमको २० प्रतिशत आम्दानी समाज सेवामा लगाउने लामाको घोषणा

बिहीबार, २९ चैत २०८०, १२ : ४२
बिहीबार, २९ चैत २०८०

काठमाडौँ । ‘नखानु पानी तोङबाको’, ‘उँभो उँभो लेकमा म जाँदा’, ‘रोसी खोला पारी मेरो मामा’, ‘माया है बस्ला रसैले’ लगायतका कैयौँ हिट गीतका गायक विजय लामाले आफ्नो विदेश सांगीतिक कार्यक्रमको २० प्रतिशत रकम समाज सेवामा दिने घोषणा गरेका छन् ।

उनले आफ्नो शो रकम ‘याङ्गजीन साङ्गगे’ नामक फाउन्डेसन मार्फत समाज सेवामा दिने बताएका हुन् । यो फाउन्डेसन गायक लामाले स्वर्गीय दिदी र भान्जाको नाममा सञ्चालनमा ल्याएका छन् । 

फाउन्डेसनले विशेषगरी दुर्गम क्षेत्रमा रहेका पाठेघरको क्यान्सर भएका दिदी बहिनीहरूका लागि उपचारमा सहयोग गर्दै आएको छ । त्यस्तै वृद्धा आश्रम र बालआश्रममा पनि सहयोग गर्ने, लागूऔषध तथा दुर्व्यसनीमा फसेका युवायुवतीहरूको क्षेत्रमा उनीहरूलाई सामान्य जीवनमा फर्काउनका लागि भूमिका खेल्ने गर्दै आएको छ । 

मन्दिर र भगवानका मूर्तिहरू, गुम्बा, स्तुपाहरू बनाउने तथा आर्थिक सहयोग गर्दै आएको फाउन्डेसनले काभ्रेमा याङ्गजीन साङ्गगे मेमोरेवल पार्क निर्माण समेत गर्दैछ । 

हालसम्म ४ सय बढी गीतमा स्वर भरिसकेका गायक लामा अमेरिकाको लामो समयको भ्रमणपछि नयाँ एल्बम बजारमा ल्याउन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप