सांगीतिक कार्यक्रमको २० प्रतिशत आम्दानी समाज सेवामा लगाउने लामाको घोषणा
काठमाडौँ । ‘नखानु पानी तोङबाको’, ‘उँभो उँभो लेकमा म जाँदा’, ‘रोसी खोला पारी मेरो मामा’, ‘माया है बस्ला रसैले’ लगायतका कैयौँ हिट गीतका गायक विजय लामाले आफ्नो विदेश सांगीतिक कार्यक्रमको २० प्रतिशत रकम समाज सेवामा दिने घोषणा गरेका छन् ।
उनले आफ्नो शो रकम ‘याङ्गजीन साङ्गगे’ नामक फाउन्डेसन मार्फत समाज सेवामा दिने बताएका हुन् । यो फाउन्डेसन गायक लामाले स्वर्गीय दिदी र भान्जाको नाममा सञ्चालनमा ल्याएका छन् ।
फाउन्डेसनले विशेषगरी दुर्गम क्षेत्रमा रहेका पाठेघरको क्यान्सर भएका दिदी बहिनीहरूका लागि उपचारमा सहयोग गर्दै आएको छ । त्यस्तै वृद्धा आश्रम र बालआश्रममा पनि सहयोग गर्ने, लागूऔषध तथा दुर्व्यसनीमा फसेका युवायुवतीहरूको क्षेत्रमा उनीहरूलाई सामान्य जीवनमा फर्काउनका लागि भूमिका खेल्ने गर्दै आएको छ ।
मन्दिर र भगवानका मूर्तिहरू, गुम्बा, स्तुपाहरू बनाउने तथा आर्थिक सहयोग गर्दै आएको फाउन्डेसनले काभ्रेमा याङ्गजीन साङ्गगे मेमोरेवल पार्क निर्माण समेत गर्दैछ ।
हालसम्म ४ सय बढी गीतमा स्वर भरिसकेका गायक लामा अमेरिकाको लामो समयको भ्रमणपछि नयाँ एल्बम बजारमा ल्याउन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण