नाबालिकालाई वेश्यावृत्तिमा लगाउने महिला पक्राउ, ७ जनाको उद्धार
बिहीबार, २९ चैत २०८०, २० : १९
काठमाडौँ । नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा राजधानीको तारकेश्वर नगरपालिका-११ हिलेटोलस्थित पश्चिम युना खाजाघरकी संचालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया बाँसगढी नगरपालिका-१ घर भएकी २६ वर्षीया मुनु गुरुङ रहेकी छन् ।
उक्त खाजाघरमा नाबालिकाहरूलाई विभिन्न डरत्रास र प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले मुनुलाई सोही टोलबाट पक्राउ गरेको हो । साथै उक्त खाजाघरबाट २ जना नाबालिकासहित ७ जना युवतीको प्रहरीले उद्धार गरेको छ ।
मुनु उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण