बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नाबालिकालाई वेश्यावृत्तिमा लगाउने महिला पक्राउ, ७ जनाको उद्धार

बिहीबार, २९ चैत २०८०, २० : १९
बिहीबार, २९ चैत २०८०

काठमाडौँ । नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा राजधानीको तारकेश्वर नगरपालिका-११ हिलेटोलस्थित पश्चिम युना खाजाघरकी संचालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया बाँसगढी नगरपालिका-१ घर भएकी २६ वर्षीया मुनु गुरुङ रहेकी छन् ।

उक्त खाजाघरमा नाबालिकाहरूलाई विभिन्न डरत्रास र प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले मुनुलाई सोही टोलबाट पक्राउ गरेको हो । साथै उक्त खाजाघरबाट २ जना नाबालिकासहित ७ जना युवतीको प्रहरीले उद्धार गरेको छ ।

मुनु उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप