बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जुवातास खेलिरहेको अवस्थामा ललितपुरबाट १० जना पक्राउ

बिहीबार, २९ चैत २०८०, २० : २१
बिहीबार, २९ चैत २०८०

काठमाडौँ । महालक्ष्मी नगरपालिका-३ ईमाडोल ढुङ्गेसागुस्थित एटुजेड रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रेष्टुरेण्टका संचालक चितवन कालिका नगरपालिका-६ घर भएकी ३४ वर्षीया चमेली स्याङताङ समेत १० जनालाई रहेका छन् ।

प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार रुपैयाँ र १० बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप