नहकुल सुवेदीको इजलासमा पेसी तोकिएपछि रेशम चौधरीको मुद्दा हेर्न नमिल्ने सूचीमा
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले दायर गरेको मुद्दा हेर्न नमिल्ने न्यायाधीशको सूचीमा परेको छ । शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासमा परेकामा नहकुल सुवेदीले उक्त मुद्दा हेर्न नमिल्ने भएपछि स्थगित भएको हो ।
टिकापुर नरसंहारमा दोषी ठहर भएका रेशमलाल चौधरीले आफू जेलमै हुँदा श्रीमती रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएर नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए । उनी राष्ट्रपतिबाट बाँकी कैद मिनाहा पाएर जेलमुक्त भएलगत्तै पार्टीको प्रथम महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए । तर निर्वाचन आयोगले उनको अध्यक्ष पदलाई मान्यता नदिएपछि चौधरी रिट बोकेर सर्वोच्च अदालत पुगेका थिए ।
चौधरीले निर्वाचन आयोग, संस्थापक अध्यक्ष एवम् आफ्नै श्रीमती रञ्जिता श्रेष्ठ लगायतलाई विपक्षी बनाई आफूलाई अध्यक्षको मान्यता नदिने आयोगको निर्णय खारेज हुनुपर्ने माग गर्दै रिट दर्ता गराएका थिए । उक्त रिटमाथि गत चैत २५ गते न्यायाधीश महेश शर्मा पौडेलको इजलासले प्रारम्भिक सुनुवाइ गरी सर्वोच्च अदालतबाट भएको फैसलासमेत सँगै राख्ने आदेश दिएको थियो ।
त्यसपछि शुक्रबार पेसी तोकिएकामा उक्त मुद्दा न्यायाधीश नहकुल सुवेदीले हेर्न नमिल्ने भएपछि स्थगित भएको हो । यसअघि रेशम चौधरी जोडिएको टिकापुर नरसंहारको मुद्दामा फैसला गर्दा न्यायाधीश डा.आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासबाट फैसला भएको थियो । पुरानो मुद्दा पनि सँगै राखिने भएपछि उक्त मुद्दामा अब नहकुल सुवेदी रहेको इजलासले हेर्न मिल्दैन । उनीसँगै वरिष्ठतम् न्यायाधीश डा.आनन्दमोहन भट्टराईले समेत उक्त मुद्दा हेर्न मिल्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलंकी बलात्कार घटनाका फरार आरोपित पक्राउ
-
बागमती प्रदेश : संसदीय समिति सभापतिको निर्वाचन कार्यक्रम सार्वजनिक
-
ललितपुर मेयर महिला टी–२० क्रिकेट : एपीएफ क्लबको लगातार चौथो जित
-
बालविकास शिक्षा सुधारको माग गर्दै अध्यक्ष चापागाईँले सुरु गरे धर्ना
-
नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ
-
पहेँलो धातु देखाई सुन ठगी गर्ने युवक पक्राउ