बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वअर्थमन्त्री प्रकाश शरण महतपत्नी नै कर नतिर्नेको सूचीमा

शुक्रबार, ३० चैत २०८०, १९ : ३७
शुक्रबार, ३० चैत २०८०

नुवाकोट । पूर्व अर्थमन्त्री समेत रहेका डा. प्रकाश शरण महतकी श्रीमती विना बुढाथोकी (महत) कर नतिर्नेको सूचीमा परेकी छन् ।

करदाता सेवा कार्यालय गल्छीले समयमै कर नतिर्नेहरूका नाममा प्रकाशित ४५८ सूचीमध्ये महत पत्नी विनाको पनि नाम समावेश छ ।

विना टोलकुमारी खड्गबहादुर महत स्मृति प्रतिष्ठानकी अध्यक्ष हुन् । प्रकाशशरणको बाबुआमाको नाममा खोलिएको भनिएको उक्त संस्था २०७१ साल असोज ३० गते आन्तरिक राजश्व विभागमा दर्ता भएको उल्लेख छ । 

7fa28963-cbf4-4e8b-87e7-8ee42ab3fe51

‘पञ्चकन्या गाउँपालिका, नुवाकोटका तपसिल बमोजिमका करदाताहरूले विभिन्न मितिदेखि हाल सम्म आय विवरण पेस नगरी कर दाखिला नगरेकाले यो सूचना प्राप्त भएको मितिले सात दिन भित्र आय विवरण पेस गरी कर दाखिला गर्नुहुन अनुरोध छ’, कार्यालयले मङ्गलवार जारी गरेको सूचनामा उल्लेख छ । 

f6d82d18-bcb5-4b77-a3a9-9767b31443b7

कार्यालयले आय विवरण पेस नगरेको खण्डमा आयकर ऐन को दफा ११७ बमोजिम मासिक रु १०० का दरले शुल्क र दफा ११९ बमोजिम वार्षिक १५ प्रतिशत ब्याज गणना हुने स्मरण पनि गराएको छ ।

कांग्रेसका प्रवक्ता समेत रहेका महत प्रचण्ड नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका थिए । यस विषयमा विनालाई सम्पर्क गर्दा उनको मोबाइल स्विच अफ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप