सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
एसीसी प्रिमियर कप क्रिकेट

दीपेन्द्रले लिए मलेसियाको पहिलो विकेट

शुक्रबार, ३० चैत २०८०, १६ : ४२
शुक्रबार, ३० चैत २०८०

काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको शुक्रबार जारी पहिलो खेलमा नेपालले मलेसियाको पहिलो विकेट लिएको छ । मलेलियाको पहिलो विकेट नेपाली टोलीका बलर दीपेन्द्रसिंह ऐरीले लिएका हुन् ।

उनले मलेसियाका ओपनर ब्याट्सम्यान मुहम्मद अमिरलाई १६ रनको व्यक्तिगत स्कोरमा आउट गराएका हुन् । दीपेन्द्रले आफ्नो बलिङमा अमिरको क्याच आफैले लिएका हुन् । पेभेलियन फर्किनुअघि अमिरले १८ बलमा तीन चौका पनि हिर्काएका थिए । ५.१ ओभरमा अमिर आउट हुँदा मलेसियाले ३५ रन बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप