एसीसी प्रिमियर कप क्रिकेट
सात रनमै आउट भए कुशल मल्ल
शुक्रबार, ३० चैत २०८०, १८ : ५८
काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा शुक्रबार मलेसियाले दिएको १४४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटका रुपमा कुशल मल्ललाई गुमाएको हो ।
चौथो नम्बरमा क्रिज समाल्न आएका कुशल मल्ल ६ बलमा एक चौकाको मद्दतले सात रन बनाउँदै आउट भएका हुन् । उनलाई मलेसियाका बलर मुहम्मद वाफिकले परिवर्तित खेलाडी जुबैदीद्वारा क्याच गराएका हुन् । १३.२ ओभरमा कुशल मल्ल आउट हुँदा नेपालले ८३ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण