मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहाको सलहेशमा फूलबारी मेला

शनिबार, ०१ वैशाख २०८१, १२ : ०१
शनिबार, ०१ वैशाख २०८१

सिरहा । प्रत्येक नयाँ वर्षको दिन मेला लाग्ने सिरहाको लहान नगरपालिका–१२ र २२ को सिमानामा पर्ने सलहेश फूलबारीमा आज पनि मेला लागेको छ । सलहेशमा बिहानैदेखि श्रद्धालुको भीड लागेको छ ।

हरेक वर्ष नेपाल तथा भारतबाट लाखौँ श्रद्धालु मेलामा आउने र आज पनि उल्लेख्य सङ्ख्यामा आउने अपेक्षा गरिएको सहलेश फूलबारी मेला व्यवस्थापन समितिका अध्यक्ष तारणीप्रसाद चौधरीले बताए । 

भक्तजनको भीड व्यवस्थित गर्न स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरी सुरक्षा व्यवस्थापन चुस्त गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष चौधरीले जानकारी दिए । 

नौ बिघा क्षेत्रफलमा फैलिएको प्राकृतिक, सांस्कृतिक एवं धार्मिक पर्यटकीय सलहेश फूलबारी क्षेत्र लहान बजारदेखि चार किलोमिटर दक्षिण(पश्चिममा पर्दछ । यहाँ मेला भर्न श्रद्धालु अघिल्लै दिनदेखि आउने गर्दछन् । 

सहलेश मन्दिरका पुजारी जितेन्द्र धामीका अनुसार १४ औँ शताब्दीका राजा सलहेसको सौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाको सम्झनास्वरुप प्रत्येक वर्ष वैशाख १ गते मेला आयोजना हुने गरेको हो । यहाँ नयाँ वर्षको एक दिनमात्र हारमको रुखमा सुनाखरी फुल्ने र सोही दिन साँझ परेसँगै ओइलाउने किंवदन्ती छ । त्यही फूल हेर्न तथा मन्दिरमा पूजापाठ गर्न धार्मिक पर्यटक आउने गर्छन् । 

सलहेश तराईका पासवान जातिको इष्टदेव रहेको र तेह्रौँ शताब्दीका लोकनायक भएकाले सलहेशको पूजाअर्चना गर्नाले सन्तान प्राप्ति, चर्मरोग, कुष्ठरोगलगायतका समस्या हरण हुने जनविश्वास रहेको पुजारी धामीले बताए ।  

नेपाल सरकारले यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न नयाँ पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरिसकेको छ । सलहेश क्षेत्रको उचित विकास गरी अपेक्षित लाभ लिन नसकिएको स्थानीय प्रदीप चौधरीले बताए । 

1 (13)

स्थानीय, प्रदेश तथा नेपाल सरकारले एकीकृत गुरुयोजना बनाएर काम गर्नुपर्ने उद्योग वाणिज्य सङ्घ सिरहाका अध्यक्ष विकास सारडाको भनाइ छ । ऐतिहासिक धार्मिक क्षेत्रको संरक्षणका लागि नेपाली सेनाले राजा सलहेशको इतिहास शिलालेखमा उतारेर पैदल मार्ग बनाएको चोहर्वास्थित श्री शेरगणका प्रमुख दीपक कार्कीले जानकारी दिए । 

लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले ऐतिहासिक सहलेश फूलबारीको संरक्षण र व्यवस्थापन सुधारका लागि नगरपालिकाले काम गरिरहेको र समग्र विकासका लागि तीनै तहका सरकारले मिलेर काम गर्नुपर्ने धारणा राखे ।

IMG_1373 (1)DSC0860157160390_2324690037802839_722904645877366784_n56842653_406481680186766_4237707573693775872_n

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप