जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करण आयोजना
धनुषा । भारतीय राजदूतावास, काठमाडौँस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतको महावाणिज्य दूतावास,वीरगन्ज र बीपी कोइराला भारत–नेपाल फाउन्डेसनले नेपाली नयाँ वर्षको अवसर पारेर शनिबार जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणको आयोजना गरेको छ ।
_K7tJLUUIOP.jpg)
मधेस प्रदेशका माननीय मुख्यमन्त्री सरोज कुमार यादवले प्रमुख अतिथिको रूपमा महोत्सवको पहिलो सत्रको उद्घाटन गरेका थिए । कार्यक्रमको पहिलो सत्रमा हरिवंश झाले ‘जानकी लीला’ मा महत्त्वपूर्ण व्याख्यान प्रस्तुत गरेका थिए । कार्यक्रममा सारीका साथै भारत र नेपालका किल्लाहरूको प्रदर्शनी र चर्चित सेफ सन्तोष साहद्वारा प्रस्तुत मैथिली फुड फेस्टिभल पनि समावेश थियो ।
_xqQ5uNgBqY.jpg)
कार्यक्रमको दोस्रो सत्रमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका गुरु तथा कलाकारले भगवान् राम र सीताको जीवनीमा आधारित भजनको साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । दोस्रो सत्रको विशेष आकर्षण प्रसिद्ध नेपाली गायिका सुश्री मेनुका पौडेलको प्रस्तुति रहेको थियो । मेनुका पौडेल इन्डियन आइडल २०२४ को उत्कृष्ट १० मा पर्न सफल भएकी थिइन् ।
_6Yake1J84N.jpg)
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले साँझको सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थिति जनाएका थिए । सो महोत्सवमा मधेस प्रदेशका प्रदेश सभा सदस्य, प्रतिष्ठित व्यक्तित्व र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो साथै दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो ।
_pnPpkUb4OC.jpg)
दुई देशका कला, संस्कृति तथा चाडपर्वको साझा परम्परामा झल्किने भारत र नेपालको साझा सांस्कृतिक सम्पदालाई जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणले मनाएको थियो । जनकपुरधाम सांस्कृतिक महोत्सवको पहिलो संस्करण सन् २०२३ अप्रिलमा आयोजना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहले ‘राष्ट्रिय भेला’ बोलाउने
-
९२ वर्षको खडेरी तोड्ने इजिप्टको दाउ, अस्ट्रेलियालाई बलियो डिफेन्सको भर
-
देउवा समूहले सम्पर्क कार्यालय असार २२ गते औपचारिक उद्घाटन गर्ने
-
मदिरा खाएका व्यक्तिले बिरामीको एक्स–रे गरेको विषयमा मानव अधिकार आयोगको चासो
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : सुरेश हमाललाई मरणोपरान्त ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’
-
सुदूरपश्चिम स्पोर्टस् अवार्ड : वर्ष उत्कृष्ट खेलाडीको उपाधि दीपेन्द्रसिंह ऐरीलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण