बायर्नले जित्दा लेभरक्युजनले उपाधिका लागि पर्खनुपर्ने
शनिबार, ०१ वैशाख २०८१, २२ : ०१
म्युनिख । बायर्न म्युनिखले रेलिगेसनको खतरामा रहेको कलोनलाई हराउँदा बायर लेभरक्युजनले बुन्डेस लिगाको उपाधिमाथि कब्जा जमाउन कम्तीमा थप एक दिन पर्खनुपर्ने भएको छ ।
शनिबार उपाधि नगुमाउन साबिक विजेता बायर्नले एक अङ्क बटुल्नुपर्ने थियो । पहिलो हाफमा इंग्ल्याण्डका कप्तान ह्यारी केन र म्याथेस टेलको प्रहार पोस्टमा लाग्न पुग्यो । त्यसपछि टोलीले पहिलो गोलका लागि ६५ औँ मिनेटसम्म पर्खनुपर्यो । तर राफायल गुरेरो र थोमस मुलरले गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
जितपछि ५ खेल बाँकी छँदा बायर्न लेभरक्युजनभन्दा १३ अङ्कले पछि रहेको छ । एक खेल कम खेलेको ज्याभी ओलन्सोको टोलीले आइतबार वेर्डर ब्रेमनलाई हराए पहिलोपटक लिग उपाधि जित्नेछ ।
शनिबार नै भएका अन्य खेलमा बोरुसिया डर्टमण्डले बोरुसिया मोचेनग्लाडबाचलाई २–१ गोल तथा आरबी लेइपजिगले वुल्फसबर्गलाई ३–० गोलले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण