शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बायर्नले जित्दा लेभरक्युजनले उपाधिका लागि पर्खनुपर्ने

शनिबार, ०१ वैशाख २०८१, २२ : ०१
शनिबार, ०१ वैशाख २०८१

म्युनिख । बायर्न म्युनिखले रेलिगेसनको खतरामा रहेको कलोनलाई हराउँदा बायर लेभरक्युजनले बुन्डेस लिगाको उपाधिमाथि कब्जा जमाउन कम्तीमा थप एक दिन पर्खनुपर्ने भएको छ ।

शनिबार उपाधि नगुमाउन साबिक विजेता बायर्नले एक अङ्क बटुल्नुपर्ने थियो । पहिलो हाफमा इंग्ल्याण्डका कप्तान ह्यारी केन र म्याथेस टेलको प्रहार पोस्टमा लाग्न पुग्यो । त्यसपछि टोलीले पहिलो गोलका लागि ६५ औँ मिनेटसम्म पर्खनुपर्‍यो । तर राफायल गुरेरो र थोमस मुलरले गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

जितपछि ५ खेल बाँकी छँदा बायर्न लेभरक्युजनभन्दा १३ अङ्कले पछि रहेको छ । एक खेल कम खेलेको ज्याभी ओलन्सोको टोलीले आइतबार वेर्डर ब्रेमनलाई हराए पहिलोपटक लिग उपाधि जित्नेछ ।

शनिबार नै भएका अन्य खेलमा बोरुसिया डर्टमण्डले बोरुसिया मोचेनग्लाडबाचलाई २–१ गोल तथा आरबी लेइपजिगले वुल्फसबर्गलाई ३–० गोलले हरायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप