राजनीति
सुदूरमा ‘काउन्टर’ गठबन्धन बन्ने भएपछि प्रचण्ड–ओली छलफलमा
आइतबार, ०२ वैशाख २०८१, १५ : ०६

काठमाडौँ । सत्ता गठबन्धनबिच सुदूरपश्चिम प्रदेशमा नाउपा र एकीकृत समाजवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिपछि कांग्रेससँग मिलेर काउन्टर गठबन्धन निर्माण प्रयास भएको छ । त्यसका लागि नाउपाको रेशम पक्ष, कांग्रेस, एकीकृत समाजवादी, राप्रपाका सांसदहरू मुख्यमन्त्रीको दाबी गर्दै प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।
केन्द्रको निर्देशन विपरीत सुदूरपश्चिममा अर्कै गठबन्धन बन्न लागेपछि केन्द्रीय सत्ता गठबन्धनका शीर्ष नेताहरू आकस्मिक छलफलमा जुटेका हुन् । त्यसका लागि नेकपा (एमाले) को सचिवालय बैठक नै प्रभावित बनेको छ । अध्यक्ष केपी शर्मा ओली लगायतका नेता अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा छलफलमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमक भ्यु टावर शुल्क लिएर सञ्चालन गर्न दिने, यस्ता छन् मन्त्रिपरिषद्का ३० निर्णय
-
संयुक्त लोकतान्त्रिक मोर्चाको सचिवालय गठन
-
अब तलमाथि हुँदैन, दुई/चार दिनमै नयाँ गभर्नर पाउँछौँ : सञ्चारमन्त्री
-
काठमाडौँमा बृहत् कार्यक्रम गर्ने संयुक्त लोकतान्त्रिक मोर्चाको निर्णय
-
लोकतान्त्रिक मोर्चाले काठमाडौंमा बृहत कार्यक्रम गर्ने
-
आईपीएलको बाँकी खेल खेल्न हेजलउड फर्कने भएपछि बेंगलुरु उत्साही