राजनीति
सुदूरमा ‘काउन्टर’ गठबन्धन बन्ने भएपछि प्रचण्ड–ओली छलफलमा
आइतबार, ०२ वैशाख २०८१, १५ : ०६
काठमाडौँ । सत्ता गठबन्धनबिच सुदूरपश्चिम प्रदेशमा नाउपा र एकीकृत समाजवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिपछि कांग्रेससँग मिलेर काउन्टर गठबन्धन निर्माण प्रयास भएको छ । त्यसका लागि नाउपाको रेशम पक्ष, कांग्रेस, एकीकृत समाजवादी, राप्रपाका सांसदहरू मुख्यमन्त्रीको दाबी गर्दै प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।
केन्द्रको निर्देशन विपरीत सुदूरपश्चिममा अर्कै गठबन्धन बन्न लागेपछि केन्द्रीय सत्ता गठबन्धनका शीर्ष नेताहरू आकस्मिक छलफलमा जुटेका हुन् । त्यसका लागि नेकपा (एमाले) को सचिवालय बैठक नै प्रभावित बनेको छ । अध्यक्ष केपी शर्मा ओली लगायतका नेता अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा छलफलमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण