यी हुन् प्रतिनिधिसभामा १० दिनभन्दा बढी अनुपस्थित सांसदहरू
आइतबार, ०२ वैशाख २०८१, १५ : १९
काठमाडौँ । संसद्को हिउँदे अधिवेशनमा बिरामी भएका कारण ३ जना सांसद १० दिन भन्दा बढी अनुपस्थित भएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले उनीहरूको सूची प्रस्तुत गरेका छन् ।
एमाले सांसद वसन्त कुमार नेम्वाङ माघ १७ देखि वैशाख २ गतेसम्म १२ वटा बैठकमा उपस्थित हुन सकेनन् । उनको ब्रेन स्ट्रोक भई उपचार भइरहेको छ ।
कांग्रेस सांसद मनोरमा शेरचनपनि उपचारका क्रममा रहेकाले १३ वटा बैठकमा सहभागी भइनन् भने जनमत पार्टीकी सांसद सोनु मुर्मु आमा र श्रीमान्को उपचारका लागि भारत जानुपर्ने भएका कारण १० वटा बैठकमा अनुपस्थित भएकी छिन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण