मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् प्रतिनिधिसभामा १० दिनभन्दा बढी अनुपस्थित सांसदहरू

आइतबार, ०२ वैशाख २०८१, १५ : १९
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । संसद्को हिउँदे अधिवेशनमा बिरामी भएका कारण ३ जना सांसद १० दिन भन्दा बढी अनुपस्थित भएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले उनीहरूको सूची प्रस्तुत गरेका छन् । 

एमाले सांसद वसन्त कुमार नेम्वाङ माघ १७ देखि वैशाख २ गतेसम्म १२ वटा बैठकमा उपस्थित हुन सकेनन् । उनको ब्रेन स्ट्रोक भई उपचार भइरहेको छ । 

कांग्रेस सांसद मनोरमा शेरचनपनि उपचारका क्रममा रहेकाले १३ वटा बैठकमा सहभागी भइनन् भने जनमत पार्टीकी सांसद सोनु मुर्मु आमा र श्रीमान‍्को उपचारका लागि भारत जानुपर्ने भएका कारण १० वटा बैठकमा अनुपस्थित भएकी छिन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप