बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अर्काको नागरिकता दुरुपयोग गरेर ठगेको आरोपमा ३ जना पक्राउ

आइतबार, ०२ वैशाख २०८१, १६ : २३
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । अर्काको नागरिकता दुरुपयोग गरेर अनलाइनमार्फत ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा झापाको अर्जुनधारा–९ घर भएकी ३८ वर्षीया सन्जु पौडेली उर्फ रश्मि विश्वकर्मा, बुद्धशान्ति–२ घर भएका ३५ वर्षीया निश्चल पोर्तेल र ईलामको माइ नगरपालिका–५ घर भएका ३४ वर्षीय धन बहादुर बिक छन् ।

सन्जु पौडेलीले रश्मि विश्वकर्माको नागरिकता फेला पारेर त्यसमा आफ्नो फोटो टाँसेर १६ वटा बैंक खाता खोलेर ती खाता ठगीमा प्रयोग गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

दुई वर्षदेखि ठगीमा संलग्न सन्जुले सामाजिक संजाल फेसबुक, ह्वाट्स एप र इन्स्टाग्राम माार्फत पीडितहरुलाई सम्पर्क गरेर बहुमुल्य सामान र पार्सल आएको भन्दै सो सामान पाउन भन्सार तिनुपर्ने नाममा रकम असुल गरेकी हुन् । आरोपीले आफूलाई अन्तर्राष्ट्रिय विमानस्थलमा कुरियरको सिनियर अधिकृत हुँ भनेर बताउने गरेकी थिइन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप