अर्काको नागरिकता दुरुपयोग गरेर ठगेको आरोपमा ३ जना पक्राउ
काठमाडौँ । अर्काको नागरिकता दुरुपयोग गरेर अनलाइनमार्फत ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको अर्जुनधारा–९ घर भएकी ३८ वर्षीया सन्जु पौडेली उर्फ रश्मि विश्वकर्मा, बुद्धशान्ति–२ घर भएका ३५ वर्षीया निश्चल पोर्तेल र ईलामको माइ नगरपालिका–५ घर भएका ३४ वर्षीय धन बहादुर बिक छन् ।
सन्जु पौडेलीले रश्मि विश्वकर्माको नागरिकता फेला पारेर त्यसमा आफ्नो फोटो टाँसेर १६ वटा बैंक खाता खोलेर ती खाता ठगीमा प्रयोग गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
दुई वर्षदेखि ठगीमा संलग्न सन्जुले सामाजिक संजाल फेसबुक, ह्वाट्स एप र इन्स्टाग्राम माार्फत पीडितहरुलाई सम्पर्क गरेर बहुमुल्य सामान र पार्सल आएको भन्दै सो सामान पाउन भन्सार तिनुपर्ने नाममा रकम असुल गरेकी हुन् । आरोपीले आफूलाई अन्तर्राष्ट्रिय विमानस्थलमा कुरियरको सिनियर अधिकृत हुँ भनेर बताउने गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण