रासायनिक मलको छिटो आपूर्ति हुने कार्यविधि ल्याइन्छ : मन्त्री साह
आइतबार, ०२ वैशाख २०८१, १६ : ४५
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले रासायनिक मलको छिटो आपूर्ति हुने कार्यविधि ल्याउने बताएकी छन् । मन्त्रालयमा पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा एक हप्तादेखि दश दिनमा रासायनिक मल आपूर्ति हुने गरी कार्यविधि ल्याउन पहल गर्ने बताएकी हुन् ।
‘तीव्र गतिमा मल ल्याउन पहल गर्नुपर्ने देखिएको छ,’ उनले भनिन्, ‘मल आयात गर्ने कार्यविधि परिवर्तन गरि १ हप्तादेखि १० दिनमा नेपालमा मल आपूर्ति हुने गरि कार्यविधि परिवर्तन गर्नुपर्छ ।’ सार्वजनिक खरिद ऐनबाट रासायनिक मल भित्र्याउँदा २२५ दिन लाग्ने भएकाले यो प्रक्रियालाई छोट्याउनु पर्ने मन्त्री साहले उल्लेख गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण