सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

भीम रावलले भने– सुदूरपश्चिममा सत्ताको खेल संविधानको मर्म र जनताको आकांक्षाविपरित

आइतबार, ०२ वैशाख २०८१, १७ : ३२
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिममा भएको सत्ताको खेल संविधानको मर्म र जनताको आकांक्षाविपरित भएको टिप्पणी गरेका छन् । सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि एउटै पार्टीबाट दुई जनाको दाबी परेपछि नेता रावलले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् । 

‘कोशी प्रदेश पछि सुदूरपश्चिम प्रदेशमा आज भइरहेको सत्ता स्वार्थको खेल (दुई जनाको मुख्यमन्त्रीमा दाबी र एक दलका सदस्यको दुईतिर समर्थन, संविधानको मर्म र जनताको आकांक्षा विपरीत छ’, रावलले लेखेका छन्, ‘यस्तै कृत्य सङ्घीयताको मानक हो भने सङ्घीयताको कुनै औचित्य छैन । लाज नै लजाउनु पर्ने स्थिति !’

नेता रावलले यस्तै कृत्य सङ्घीयताको मानक हुने हो भने यसको औचित्य समेत नभएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप