बायर्नको आधिपत्य अन्त्य, लेभरकुजनलाई पहिलोपटक लिग उपाधि
म्युनिख । बायर लेभरकुजनले पाँच खेल अगावै बुन्डेस लिगाको उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । आइतबार राति वेर्डर ब्रेमनलाई ५–० गोलले हराउँदै ज्याभी ओलन्सोको टोलीले इतिहासमा नै पहिलोपटक लिग उपाधि जित्न सफल भएको हो ।
शनिबार बायर्नले कोलोनलाई हराउँदै लेभरकुजनलाई उपाधिका लागि थप एक दिन पर्खन बाध्य पारेको थियो । तर फ्लोरियान रिट्जको ह्याट्रिक तथा भिक्टर बोनिफेस र ग्रानिट जाकाको एक–एक गोलको मद्दतले टोलीले ब्रेमनलाई सजिलै हरायो ।

खेलपछि उत्साहित दर्शकहरू मैदानमा नै प्रवेश गरेर खुसीयाली मनाएका थिए । यसअघि लगातार ११ वटा लिग उपाधि जितेको बायर्नको एकल आधिपत्यमा पूर्णविराम लागेको छ ।
यता ओलोन्सोको नेतृत्वमा रहेको लेभरकुजन भने यो सिजन सबै प्रतियोगितामा अपराजित रहेको छ । टोली ट्रेबल जित्ने बाटोमा छ । लेभरकुजनले अझै जर्मन कप र युरोपा लिगको उपाधि जित्न सक्ने सम्भावना बाँकी नै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण