बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा पेट्रोल भर्ने क्रममा स्कुटरमा आगलागी

सोमबार, ०३ वैशाख २०८१, १० : ११
सोमबार, ०३ वैशाख २०८१

पोखरा । पोखरामा पेट्रोल भर्न खोज्दा स्कुटरमा आगलागी भएको छ । पोखरा २९ शिशुवामा रहेको विन्ध्यवासिनी पेट्रोल पम्पमा पेट्रोल भर्न खोज्दा ग ८ प ८२१८ नम्बरको स्कुटरमा आगलागी भएको हो ।

आगलागीको कारण पत्ता लागेको छैन । यद्यपि स्कुटर अत्यधिक तातो भएको कारण पेट्रोल भर्दा आगलागी भएको हुनसक्ने आशङ्का गरिएको छ । स्कुटर जलेर ध्वस्त भएको छ भने पम्पमा कुनै असर परेको छैन ।

डिएसपी वसन्तकुमार शर्माका अनुसार आगो नियन्त्रणमा नआएको भए ठुलो क्षति हुने थियो । ‘प्रहरी र स्थानीयले तत्कालै आयोग नियन्त्रणमा लिनुभयो । नत्र पम्पसहित नजिकको बस्तीमा ठुलो क्षति हुनेवाला थियो,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप