एसीसी प्रिमियर कप क्रिकेट
ललित राजवंशीले लिए हङ्कङको चौथो विकेट
सोमबार, ०३ वैशाख २०८१, १३ : ४३
काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार जारी खेलमा नेपालले हङ्कङको चौथो विकेट लिएको छ । हङ्कङको चौथो विकेट ललित राजवंशीले लिएका हुन् ।
ललितले हङ्कङका अनुभवी ब्याट्सम्यान बाबर हायातलाई आफ्नो बलिङमा आफैले क्याच लिँदै पेभेलियन फर्काएका हुन् । पेभेलियन फर्किनुअघि चौको नम्बरका ब्याट्सम्यान बाबर हायातले ६ रन बनाएका थिए । ९.२ ओभरमा उनी आउट हुँदा हङ्कङले ६८ रन बनाएको छ ।
नेपालले टस जिती हङ्कङलाई पहिले ब्याटिङको निम्तो दिएको हो । वर्षाका कारण खेल निर्धारित समयभन्दा केही ढिलो सुरु भएको थियो । जारी प्रतियोगितामा नेपालले खेलेको यो तेस्रो खेल हो । यसअघि नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण