एसीसी प्रिमियर कप क्रिकेट
अविनाश बोहराले लिए हङ्कङको छैटौँ विकेट
सोमबार, ०३ वैशाख २०८१, १३ : ५७
काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार जारी खेलमा नेपालले हङ्कङको छैटौँ विकेट लिएको छ । हङ्कङको छैटौँ विकेट अविनाश बोहराले लिएका हुन् ।
अविनाशले हङ्कङका छैटौँ नम्बरका ब्याट्सम्यान यासिम मुर्तजालाई दुई रनको व्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् । १२.१ ओभरमा यासिम मुर्तजा आउट हुँदा हङ्कङले ७६ रन बनाएको छ ।
नेपालले टस जिती हङ्कङलाई पहिले ब्याटिङको निम्तो दिएको हो । वर्षाका कारण खेल निर्धारित समयभन्दा केही ढिलो सुरु भएको थियो । जारी प्रतियोगितामा नेपालले खेलेको यो तेस्रो खेल हो । यसअघि नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण