प्रहरीको मस्ट वान्टेडको सूचीमा रहेका नुरुल्लाह पक्राउ
रौतहट । प्रहरीको मस्ट वान्टेडको सूचीमा रहेका कुख्यात अपराधी शेख नुरुल्लाहलाई प्रहरीले पक्राउ गरेको छ । हत्याको घटनापछि फरार रहेका ५२ वर्षीय शेख नुरुल्लाहलाई १० महिना पछि रौतहट प्रहरीले पक्राउ गरेको हो ।
देवाही गोनाही नगरपालिका १ घर भएका कुख्यात अपराधी नुरुल्लाहलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको थियो । नुरुल्लाहलाई प्रहरीले सीमावर्ती राजदेवी नगरपालिका ८ लक्ष्मिपुर बेलविछवा चोक नजिकै पक्राउ गरेको प्रहरीले बताएको छ ।
२०८० जेठ ११ गते मध्य राति साढे १२ बजेको समयमा देवाही गोनाही नगरपालिका १ करुनिया गाउँमा ७८ वर्षीय शेख तैयवलाई शेख नुरुल्लाहकै योजनामा स्थानीय शेख शेराज, शेख सद्दाम भन्ने खलिउल्लाह र भारतीय नागरिक राकेशकुमारले गोली हानी हत्या गरेको प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले जानकारी दिइन् ।
आरोपीद्धय शेख शेराज र भारतीय नागरिक राकेश कुमारलाई प्रहरीले तत्कालै पक्राउ गर्न सफल भएको थियो तर मुख्य योजनाकार नुरुल्लाह र खलिउल्लाह फरार रहेका थिए ।
मुख्य योजनाकार शेख नुरुल्लाह र खलिउल्ला विरुद्ध गत पुस १६ गते जिल्ला अदालत रौतहटले ज्यान कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो ।
माधवनारायण नगरपालिका २ खेसरहिया बजार स्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साह मन्दिर परिसरमै बसेर खाना खादै गरेको अवस्थामा २०७७ साल भदौ ३ गते राति ९ बजे उनको देब्रे कन्चटमा गोली हानी भएको हत्या भएको थियो। उक्त हत्याको घटनामा समेत नुरुल्लाहको संलग्नता रहेको प्रहरीको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण