मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
अदालत

सन्दीप प्रकरण : गाउँपालिकामा गौशाला २६ ले दिएको निवेदन माग्ने आदेश

सोमबार, ०३ वैशाख २०८१, १८ : ४३
सोमबार, ०३ वैशाख २०८१

काठमाडौँ । उच्च अदालत पाटनले सन्दीप लामिछानेको मुद्दामा गौशाला २६ ले   जन्मदर्ताको प्रतिलिपि पाउनको लागि गाउँपालिकामा दिएको निवेदनको सक्कलैप्रति माग्ने आदेश दिएको छ । 

तादी गाउँपालिकाले २०७९ असार १४ मा पीडितको निवेदनको आधारमा जन्मदर्ताको प्रतिलिपि जारी गरेको जवाफ दिएको थियो । 

सो प्रतिलिपि पाउन पीडितले दिएको निवेदनका सक्कलैप्रति झिकाउन न्यायाधीश मुनेन्द्र प्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलले आदेश गरेका हुन् । पीडितको जन्मदर्ता प्रमाणपत्रको स्पष्ट बुझिने प्रति पनि झिकाउन अदालतले आदेश गरेको छ ।  

u

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप