२३ किलो चरेसहित युवक पक्राउ
मङ्गलबार, ०४ वैशाख २०८१, ०८ : ०९
काठमाडौँ । बर्दियाको सीमा इलाकाबाट सशस्त्र प्रहरी बलले २३ किलो चरेसहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ घर भएका ३४ वर्षीय बमबहादुर पुन छन्।
मङ्गलबार बिहान उनलाई बर्दियाको बडैयाताल गाउँपालिका वडा नं २ फुटाहा स्थित सीमा इलाकाबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
सशस्त्र प्रहरी बलको बीओपी फुटाले उनको साथबाट ३९ वटा प्याकेटमा रहेको २३ किलो लागू औषध चरेस बरामद गरेको छ।
सशस्त्र प्रहरीले उनलाई थप अनुसन्धान र कारबाहीका लागि स्थानीय प्रहरीको जिम्मा लगाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण