एकीकृत समाजवादीको समर्थन फिर्तापछि कानुनी परामर्शमा जुटे प्रदेश प्रमुख

धनगढी । नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्रीमा दाबी पेस गरेका नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेश प्रमुख नजिर मियाँ कानुनी परामर्शमा जुटेका छन् ।
वैशाख २ गते नाउपाबाट मात्रै लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको मुख्यमन्त्रीमा दाबी पेस भएपछि प्रदेश प्रमुख मियाँले आवश्यक कानुनी परामर्शको लागि दुई दिनको लागि समय लिएका थिए । मुख्यमन्त्री नियुक्तिको समय आज घर्किँदै जाँदा समाजवादीले फिर्ता लिएपछि उनी पुनः परामर्शमा जुटेका हुन् ।
प्रदेश प्रमुख निकट स्रोतका अनुसार अब कुन व्यवस्था अनुसार जानेबारे उनले परामर्श लिन खोजेका हुन् ।
अब केन्द्रीय सत्ता समीकरणको मर्म अनुसार समाजवादीबाट मुख्यमन्त्री दिने गरी राजनीतिक दलहरू छलफलमा जुटेका छन् ।
लक्ष्मणकिशोरले कांग्रेस, नाउपा, समाजवादी, राप्रपाको समर्थनमा दाबी पेस गरेका थिए । उनको स्पष्ट बहुमत समेत पुगेको थियो । तर रात गए अग्राख पलाउँछ भने झैँ एकाएक राजनीतिक घटनाक्रम फेरिएको हो ।
कमल शाह नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८(२) अनुसार सरकार निर्माणको लागि आह्वान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण