मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासको मत
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मंगलबार विश्वासको मत पाएका छन् । उनले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव सभामुखले मत विभाजनपछि निणयार्थ प्रस्तुत गर्दा ६१ सांसदको विश्वासको मत पाएका हुन् ।
प्रदेशसभाको कुल सदस्य सङ्ख्याको बहुमत अर्थात ५३ जना सांसदको मत पाउनुपर्नेमा मुख्यमन्त्रीले त्यो भन्दा बढी अर्थात ६१ सांसदको मत पाएका हुन् ।
तर, प्रदेशसभाको बैठक लोकतान्त्रिक प्रक्रियाअनुसार सञ्चालन गर्न सभामुख चुकेको भन्दै कांग्रेस, जनमत र लोसपाका सांसदले भने सदन बहिस्कार गरेका थिए । त्यसअघि ती दलका सांसद सदनमा तोडफोडमा समेत उत्रिएका थिए ।
राजविराजमा मन्त्रीमाथि भएको हमलाको संसदीय छानबिन समिति घोषणा र मुख्यमन्त्रीको राजीनामा माग्दै विपक्षी सांसदले लफडा निकालेका थिए ।
सत्ता समीकरणमा भएको परिवर्तनपछि मधेस प्रदेशका मुख्यमन्त्रीले पुन विश्वासको मत लिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण