मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मंगलबार विश्वासको मत पाएका छन् । उनले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव सभामुखले मत विभाजनपछि निणयार्थ प्रस्तुत गर्दा ६१ सांसदको विश्वासको मत पाएका हुन् ।
प्रदेशसभाको कुल सदस्य सङ्ख्याको बहुमत अर्थात ५३ जना सांसदको मत पाउनुपर्नेमा मुख्यमन्त्रीले त्यो भन्दा बढी अर्थात ६१ सांसदको मत पाएका हुन् ।
तर, प्रदेशसभाको बैठक लोकतान्त्रिक प्रक्रियाअनुसार सञ्चालन गर्न सभामुख चुकेको भन्दै कांग्रेस, जनमत र लोसपाका सांसदले भने सदन बहिस्कार गरेका थिए । त्यसअघि ती दलका सांसद सदनमा तोडफोडमा समेत उत्रिएका थिए ।
राजविराजमा मन्त्रीमाथि भएको हमलाको संसदीय छानबिन समिति घोषणा र मुख्यमन्त्रीको राजीनामा माग्दै विपक्षी सांसदले लफडा निकालेका थिए ।
सत्ता समीकरणमा भएको परिवर्तनपछि मधेस प्रदेशका मुख्यमन्त्रीले पुन विश्वासको मत लिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कुलिङ पिरियड’ हटाउने चलखेलविरूद्ध अधिकांश दल, एक्लिँदै एमाले
-
सुदूरपश्चिमका सचिन र सुशील १६ वर्ष मुनिकाे राष्ट्रिय क्रिकेट टोलीमा समावेश
-
मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई ७ दिन हिरासतमा राख्न अनुमति
-
सुदूरपश्चिममा बजेटमाथिको छलफल असार १० गतेदेखि सुरू हुने
-
हेटौंडामा बढ्दो सुरक्षा चुनौती, निसानामा व्यवसायीदेखि जनप्रतिनिधिसम्म
-
दिलभूषणलाई पक्राउ नगर्न अन्तरिम आदेश