‘ह्रस्व दीर्घ’ मा यस्तो छ हरिहरको लुक्स
काठमाडौंँ । आगामी असोजमा सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘ह्रस्व दीर्घ’ । अभिनेत्री नीता ढुङ्गानाले निर्माण गरेको फिल्ममा रहेको अभिनेता हरिहर अधिकारीको लुक्स सार्वजनिक गरेको छ । हरिहरको जन्मदिनको अवसर पारेर निर्माण पक्षले पोस्टर उनको क्यारेक्टर लुक्स बाहिर ल्याएको हो ।
पोस्टरमा हरिहरलाई दुईवटा अवतारमा प्रस्तुत गरिएको छ । एउटामा उनलाई लामो कपालमा छालाको ज्याकेट लगाएको आधुनिक परिधानमा देख्न सकिन्छ भने अर्कोमा निधारमा विभूत लगाएको धार्मिक ‘गेटअप’ देखिएका छन् । प्रेमकथामा निर्माण भएको फिल्मको अझै केही छायाङ्कन हुन बाँकी छ । फिल्मको छायांकन मुम्बईमा गर्ने तयारी हुँदैछ ।
चन्द्र पन्तको निर्देशन रहेको फिल्ममा अभिनेता अधिकारीको कथा छ । फिल्ममा हरिहर तथा नीताका अलावा विपना थापा, गरिमा शर्मा लगायतका कलाकारको अभिनय छ । केही दक्षिण भारतीय कलाकारको पनि फिल्ममा अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण