सोडारीलाई सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दीर्घबहादुर सोडारीलाई अगाडि बढाउने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार बसेको ८० औ सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता समेत रहेका सोडारीलाई मुख्यमन्त्रीका लागि अगाडि सार्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
पार्टीको १० औ महाधिवेशनको तयारी लगायतको विषयमा छलफल गर्न सचिवालय बैठक पार्टी कार्यालयमा जारी छ । सोही बैठकका क्रममा सुदूरपश्चिमको विषयमा पनि निर्णय भएको हो ।
केन्द्रीय सत्ता गठबन्धन फेरिएपछि कांग्रेस नेतृत्वको गठबन्धनबाट कमल बहादुर शाहले राजीनामा दिएपछि सुदूरपश्चिममा नयाँ सरकार गठनको गृहकार्य भइरहेको छ । तर सत्ता गठबन्धनभित्रै रहेका दलहरुबीच मुख्यमन्त्रीबारे एकरुपता छैन ।
यसअघि नागरिक उन्मुक्तिलाई त्यहाँको मुख्मयन्त्री दिने निर्णय भएकोमा निर्णय परिवर्तन गर्दै एकीकृत समाजावादीलाई दिने निर्णय भएको थियो । तर नाउपामा रेशम र रञ्जिता पक्ष विभाजित छ । रेशमको पक्षमा प्रदेश संसदीय दलका नेता रहेको र यो पक्ष कांग्रेससँगको समीकरणमा रहेकाले सोडारीले समर्थन पाउनेमा अनिश्चितता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण