मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
खेलकुद

एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी यूएई

बुधबार, ०५ वैशाख २०८१, २० : १४
बुधबार, ०५ वैशाख २०८१

काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले प्रतिद्वन्द्वीको रुपमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई पाएको छ ।

प्रतियोगिताको अर्को सेमिफाइनल खेल हङ्कङ र ओमानबिच हुनेछ । नेपाल प्रतियोगिताको साविक विजेता पनि हो । 

अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित प्रतियोगिताको पहिलो संस्करण फाइनलमा नेपालले यूएईलाई नै हराउँदै उपाधि जितेसँगै नेपाल एसिया कपमा छनोट भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप