जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी
काठमाडौँ । ६० किलो सुनमा जोडिएका जीवन चलाउनेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’ बाट डिफ्युजन जारी गरिएको छ । सुन तस्करी मुद्दामा उनी फरार अभियुक्त हुन् ।
अछामको तुर्माखात गाउँपालिका घर भएका चलाउने विरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भएको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए ।
चलाउने तिब्बतीयन मुलका बेल्जियन नागरिक दावा छिरिङसँग निकट मानिन्छन् । दावासँग ‘कनेक्सन’ देखिएपछि जीवन चलाउनेलाई प्रहरीले महाराजगन्जस्थित केन्द्रीय अनुसन्धान ब्युरोको कार्यालयमा अनुसन्धानको लागि बोलाएको थियो । तर, ब्युरोका अधिकारीहरूले ‘बयान कागज’ गराएर उनलाई रिहा गरिदिए ।
ब्युरोकी तत्कालीन प्रमुख किरण बज्राचार्यको निर्देशनमा छुटेका चलाउनेले गरेको ‘बयान कागज’ नै सीआईबीका अधिकृहरुले गायब बनाएको सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ । चलाउने भारतको चण्डीगढबाट दुबई हुँदै अमेरिकामा गएर लुकेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण