रिलिजअघि नै पुष्पा–२ कमाई ‘फाइटर’को बराबरी
नयाँ दिल्ली । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको ‘पुष्पा–२ द रुल’को प्रतीक्षामा फ्यानहरू लामो समयदेखि थिए । यो वर्षको सर्वाधिक चर्चित फिल्म मध्ये एक हो पुष्पा–२ । हालै यस फिल्मको टिजर रिलिज भएको थियो । साडीमा अल्लुको एक्शन देखेर दर्शकहरू हैरान छन् । यो टिजर रिलिज भएपछि फिल्मप्रति फ्यानहरूको उत्साह झनै बढेको छ । रिलिज अगावै मेकरहरूले फिल्मका लागि ठुल्ठुला सम्झौता गरिरहेका छन् ।
फिल्म अगस्ट १५ मा हलमा आउने तयारीमा छ । ठुलो पर्दामा रिलिज हुनुअघि नै फिल्म नयाँ कीर्तिमान बनाइरहेको देखिन्छ । मिडिया रिपोर्टका अनुसार हिन्दी फिल्म उद्योगका ठुला वितरकहरू मध्येका एक अनिल थडानीले पुष्प २ः द रुलका निर्माताहरूसँग २०० करोड भारुको सम्झौता गरेका छन् । सम्झौता अनुसार एए फिल्म्सले उत्तर भारतीय क्षेत्रमा यो फिल्म रिलिज गर्नेछ । दक्षिण भारतीय फिल्मले हिन्दी बेल्टमा पाएको यो सबैभन्दा ठुलो अग्रिम रकम भएको बताइएको छ । यो रकम ऋतिक रोशन र दिपिका पदुकोणको फिल्म फाइटरले भारतीय बक्स अफिसमा कमाएको रकम हाराहारी हो ।
अन्य केही रिपोर्टका अनुसार फिल्म छायाङ्कनको औपचारिकता जुनभित्र सम्पन्न हुनेछ । साउथमा पनि फिल्मलाई लिएर निकै उत्साह छ । चलचित्रलाई ठुलो पर्दामा रिलिज गर्न निर्माण पक्षले ठुलो रकम मागिरहेका छन् । अल्लु अर्जुन र उनको टोलीले फिल्मलाई ब्लकबस्टर बनाउन कुनै कसर बाँकी नराख्ने बताइएको छ । देशभर फिल्मको व्यापक प्रचारप्रसार गर्ने योजना बनिरहेको छ । पुष्प २ः द रुल सुकुमारले निर्देशन गरेका हुन् । चलचित्रलाई मैत्री मुभि मेकर्सको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रमा देवी श्री प्रसादको संगीत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण