बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

रिलिजअघि नै पुष्पा–२ कमाई ‘फाइटर’को बराबरी

बिहीबार, ०६ वैशाख २०८१, १० : ४७
बिहीबार, ०६ वैशाख २०८१

नयाँ दिल्ली । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको ‘पुष्पा–२ द रुल’को प्रतीक्षामा फ्यानहरू लामो समयदेखि थिए । यो वर्षको सर्वाधिक चर्चित फिल्म मध्ये एक हो पुष्पा–२ । हालै यस फिल्मको टिजर रिलिज भएको थियो । साडीमा अल्लुको एक्शन देखेर दर्शकहरू हैरान छन् । यो टिजर रिलिज भएपछि फिल्मप्रति फ्यानहरूको उत्साह झनै बढेको छ । रिलिज अगावै मेकरहरूले फिल्मका लागि ठुल्ठुला सम्झौता गरिरहेका छन् ।

फिल्म अगस्ट १५ मा हलमा आउने तयारीमा छ । ठुलो पर्दामा रिलिज हुनुअघि नै फिल्म नयाँ कीर्तिमान बनाइरहेको देखिन्छ । मिडिया रिपोर्टका अनुसार हिन्दी फिल्म उद्योगका ठुला वितरकहरू मध्येका एक अनिल थडानीले पुष्प २ः द रुलका निर्माताहरूसँग २०० करोड भारुको सम्झौता गरेका छन् । सम्झौता अनुसार एए फिल्म्सले उत्तर भारतीय क्षेत्रमा यो फिल्म रिलिज गर्नेछ । दक्षिण भारतीय फिल्मले हिन्दी बेल्टमा पाएको यो सबैभन्दा ठुलो अग्रिम रकम भएको बताइएको छ । यो रकम ऋतिक रोशन र दिपिका पदुकोणको फिल्म फाइटरले भारतीय बक्स अफिसमा कमाएको रकम हाराहारी हो ।

अन्य केही रिपोर्टका अनुसार फिल्म छायाङ्कनको औपचारिकता जुनभित्र सम्पन्न हुनेछ । साउथमा पनि फिल्मलाई लिएर निकै उत्साह छ । चलचित्रलाई ठुलो पर्दामा रिलिज गर्न निर्माण पक्षले ठुलो रकम मागिरहेका छन् । अल्लु अर्जुन र उनको टोलीले फिल्मलाई ब्लकबस्टर बनाउन कुनै कसर बाँकी नराख्ने बताइएको छ । देशभर फिल्मको व्यापक प्रचारप्रसार गर्ने योजना बनिरहेको छ । पुष्प २ः द रुल सुकुमारले निर्देशन गरेका हुन् । चलचित्रलाई मैत्री मुभि मेकर्सको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रमा देवी श्री प्रसादको संगीत रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप