बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

अवैध लागू औषधसहित दुई जना पक्राउ

बिहीबार, ०६ वैशाख २०८१, १२ : २३
बिहीबार, ०६ वैशाख २०८१

काठमाडौँ । महोत्तरी, बर्दिबास नगरपालिका–१ स्थित सडकबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ ग्राम १ सय ९० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ७ हजार ३० रुपैयाँसहित सिन्धुली कमलामाई नगरपालिका-७ बस्ने २७ वर्षीय निसाज सुनुवारलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय बर्दिवास र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीले बा ७७ प ५८५३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक निसाजलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यता बाराको पचरौता नगरपालिका-४ ईनर्वाबाट अवैध लागू औषध गाँजा करिब २ सय ३० किलोसहित रौतहट फतुवा विजयपुर नगरपालिका–४ टेग्राहा बस्ने २३ वर्षीय चन्दन पासवानलाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले शङ्कास्पद रूपमा ४ वटा जुटको बोरा बोकी हिँडिरहेको अवस्थामा पासवानलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा सोही ठाउँस्थित बाटोको कलभर्ट मुनि लुकाएको गाँजा लिन बोरा लिएर आएको खुल्न आएपश्चात उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप